साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी असार १५ ।
नवलपरासीको गण्डक नहरमा डुबेर एक जना युवा बेपत्ता भएका छन् । प्रतापपुर गाउँपालिक वडा नं.५ स्थित बैदौली पुलबाट तल खस्दा प्रतापपुर गाँउपालिका वडा नं. ७ सुर्यपुरा बस्ने सुरेश रौनियारको छोरा अन्दाजी १८ वर्षिय पवन रौनियार बेपत्ता भएका हुन्।
शनिवार बेलुका बाजारबाट फर्कने क्रममा पुलको रेलिङ्ग भाचिएको हुदाँ अचानक नदिमा खस्न पुगेको प्रहरीले जनाएको छ । बेपत्ता रौनियारलाई स्थानिय, नेपाल प्रहरी,सशस्त्र प्रहरीको सहयोगमा खोजी भएपनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीले बताए।
गण्डक नहरमा पानीको बहाव कम गराएर पुन: खोजी कार्य हुने निरिक्षक क्षेत्रीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend