logo
  • शुक्रबार, असोज ९ २०८३

शिवराज नगरपालिका वडा नम्बर १० लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

प्रिन्स मिश्रा, कपिलवस्तु, ७ जेठ । शिवराज नगरपालिका वडा नं १० लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । शिवराज नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजय थापाले प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोप सुनिश्चित वडा घोषणा “गर्नु भएको हो ।

नगर प्रमुख थापाले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । सो अवसरमा कार्यक्रमको अध्यक्षता शिवराज नगरपालिका वडा नं १० की वडा अध्यक्ष मंजू मिश्राले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा पुर्ण खोप सुनिश्चित गर्न योगदान गर्ने स्वास्थकर्मी तथा महिला स्वास्थ स्वयंसेबिकाहरुलाई सम्मान गरिएको लालपुर स्वास्थ चौकीका प्रमुख तथा वडा खोप समन्वय समिति सदस्य सचिव लेखनाथ पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend