logo
  • शनिबार, साउन ३० २०८३

कतारमा सामाजिक सुरक्षाकोष सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कतार, जेठ ५ ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा महासंघले नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोष र पुनः श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा आमन्त्रित अतिथि, सामाजिक सुरक्षाकोष नेपालकी वरिष्ठ सहायक निर्देशक शुसिला पौडेलले सामाजिक सुरक्षाकोषको महत्व, कोषमा आवद्ध हुने तरिका, पासवर्ड परिवर्तन, KYC अद्यावधिक, दाबी प्रक्रिया र पुन: श्रम स्वीकृति जस्ता महत्वपूर्ण विषयहरूमा करिव एक घन्टा बढी प्रशिक्षण दिइन । पौडेलले सामाजिक सुरक्षा कोषमा आबद्धता भएपछि पाइने सुबिधा, बिदेशबाट लैजाने टिभीमा भन्सार शुल्क लगायत थुप्रै विषयमा प्रष्ट पारिन ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य रहेको जानकारी दिदै, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुकोआर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेको समेत पौडेलले बताइन ।

कार्यक्रमले कतारमा रहनुभएका धेरै नेपालीहरुको जिज्ञासालाई सम्बोधन गरिएको थियो । कार्यक्रममा नेपाली दूतावासको तर्फबाट वैदेशिक रोजगारका विविध पक्ष सम्बन्धी प्रेम प्रसाद पोखरेलले जानकारी गराए । कन्सुलर राहदानी सेवा सम्बन्धी, सन्ध्या भट्टराई,शोभाखर बराल र श्रम सम्बन्धी हमिद खानले प्रष्ट पारे ।

दूतावास कतारको तर्फबाट सीता दुवाडीले कार्यक्रममा उपस्थिति विभिन्न संघ – संस्था तथा विविध विषयलाई प्रशिक्षण दिने वक्ता लगायत कार्यक्रममा उपस्थिति सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन । कार्यक्रममा महासंघ कतारका प्रमुख सल्लाहकार करिम बक्स मियाँ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख,सामाजिक ब्याक्तित्व पत्रकार तथा कतारमा रहेका नेपाली समुदाय सहित उल्लेख्य उपस्थिति रहेको थियो

शुक्रबार नेपाली राजदुतावास कतारको सभाहलमा संघका अध्यक्ष दिलकुमार श्रेष्ठको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारका महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । महासंघ कतार सचिव शारदा भुजेलको स्वागत मन्तव्य रहेको औपचारिक कार्यक्रमको सहजीकरण दिलिप पराजुली र प्रशिक्षण कार्यक्रममा दूतावासको तर्फबाट प्रेम प्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend