logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सम्पर्क समाज (भारत)को प्रथम अधिवेसन भब्यता का साथ सम्पन्न,अध्यक्षमा कार्की


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

देबेन्द्र केसी,९ बैशाख ,नयाँ दिल्ली । भारत मा रहि विभिन्न पेशा  आवद्ध गुल्मेलीहरुको छाता सङ्गठन गुल्मी सम्पर्क समाज(भारत) ले आफ्नो प्रथम अधिवेसन भब्यताका साथ सम्पन्न गरेको छ। राजधानी दिल्लीको चिराग दिल्ली स्थित ‘वाल्मिकी मन्दिरको सभाघर’ मा सम्पन्न अधिवेसन ले सर्वसम्मत रुपमा समाजसेवी टिका बहादुर कार्कीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ।

नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय महासचिव टेकराज पोख्रेल प्रमुख अतिथि रहेको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय बरिष्ठ सल्लाहकार टिकाराम पोख्रेल तथा अतिथिको रुपमा मानव कल्याण मित्र मञ्च भारत का कोषाध्यक्ष मुक्तिराम पाण्डे,एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिज का अध्यक्ष युवराज बराल,बराल लोजिस्टिक का प्रोपाईटर तथा एभरेष्ट चेम्बर अफ कमर्स का पश्चिम बंगाल अध्यक्ष खेमराज बराल,पशुपति नाथ मन्दिर समाज साहदराका अध्यक्ष जनक गिरी तथा युनाईटेड मिसन हस्पिटल पाल्पा मा आफ्नो सेवा दिई सक्नु भएका डाक्टर सुनिल सान्दयान सहभागी हुनुहुन्थ्यो।

गुल्मेली जनसमुदाय को ब्यापक भेलाले बरिष्ठ उपाध्यक्ष मा नरहरी घिमिरे,उपाध्यक्ष मा मुकुन्द पौडेल,महिला उपाध्यक्ष मा सिता अधिकारी,महासचिव मा देबेन्द्र केसी,सचिव मा बिष्णु ज्ञवाली,सहसचिवर मा नारायण न्यौपाने,कोषाध्यक्ष मा बावुराम अधिकारी, सहकोषाध्यक्ष मा कृष्ण प्रसाद पौडेल,सङ्गठन सचिव हुमकला खड्का,सह- सङ्गठन सचिव भरत पौडेल,महिला सङ्गठन सचिव गिता केसी,महिला सह-सङ्गठन सचिव गंगा थापा,स्वास्थ्य सचिव मान बहादुर केसी,स्वास्थ्य सह-सचिव गोकर्ण बस्नेत,ब्यवस्थापन सचिव रामचन्द्र अधिकारी,ब्यवस्थापन सह-सचिव दामोदर पाण्डेय,सांस्कृतिक सचिव बिष्णु प्रसाद पोख्रेल,सास्कृतिक सह-सचिव लक्ष्मण खड्का,खेलकुद सचिव पदम कुमार गाहा,खेलकुद सह-सचिव गुंजमान गौतम,मिडिया सचिव सुभाष बस्नेत सदस्य हरूमा मिलन राना,कमल पौडेल र रवि कुमार शिँह सर्व सम्मत चयन गरेको छ। समाज ले केहि अपर्झट निर्णयहरु गर्न र कार्यसमिति लाई थप प्रभावकारी बनाउन१५ सदस्यीय संस्था सञ्चालन समिति पनि गठन गरेको छ।

सञ्चालन समिति मा बरिष्ठ सल्लाहकार दुर्गादत्त भण्डारी,आर्थिक सल्लाहकार युवराज बराल,जिल्ला समन्वय सल्लाहकार सुनिता जिसी कुंवर,सङ्गठन सल्लाहकार शिवलाल ज्ञवाली,विशेष सल्लाहकार योगराज अर्याल,अध्यक्ष टिका बहादुर कार्की,उपाध्यक्ष नरहरी घिमिरे, महिला उपाध्यक्ष सिता अधिकारी,उपाध्यक्ष मुकुन्द पौडेल,महासचिव देबेन्द्र केसी,कोषाध्यक्ष बाबुराम अधिकारी,सङ्गठन सचिव हुमकला खड्का,सङ्गठन सचिव(पालिका संयोजन)जिवन पौडेल,मिडिया सचिव सुभाष बस्नेत तथा सदस्य मा गोपीराम पौडेल हुनुहुन्छ। समाज ले गुल्मीका सबै पालिकाहरुको समान प्रतिनिधित्व हुनेगरि तथा सबै तहमा सुचना पुग्नेगरि र सबै तहको गुनासो सुन्नेगरि १५ सदस्यिय पालिका संयोजक टिमको सर्वसम्मत चयन गरिएको छ।

अध्यक्ष टिका बहादुर कार्की , संयोजक सचिव जिवन पौडेल,संयोजकहरु डोलराज गौतम(कालीगण्डकी गाँउपालिका) रवि कुमार परियार(सत्यवती गाँउ पालिका) अनिता ज्ञवाली(रुरु गाँउपालिका) गोपाल परियार(क्षत्रकोट गाँउ पालिका) केदारनाथ शर्मा(चन्द्रकोट गाँउ पालिका) कमला पोख्रेल(गुल्मी दरबार गाँउ पालिका) जुना राना (रेसुङ्गा नगरपालिका) सुन्तली न्यौपाने(मुसिकोट नगर पालिका) भुवन शिँह थापा(ईश्मा गाँउ पालिका) राजु परियार(धुर्कोट गाँउपालिका) देबिका बिसी(मालिका गाँउ पालिका) रोहित गैह्रे (मदाने गाँउ पालिका)तथा सदस्य दिपक कार्की (मुसिकोट नगरपालिका) हुनुहुन्छ। बिहान १० बजे देखि सुरु भएको कार्यक्रम को सञ्चालन संस्था महासचिव मुकुन्द पौडेल र मिडिया सचिव देबेन्द्र केसी ले गर्नुभएको थियो।

सामान्य दिवाभोज सहित को कार्यक्रममा कलाकार गुल्मेली जमुना र चोपेन्द्र बिसी ले आफ्नो प्रस्तुति दिएका थिए। घोषणा सभा मा बोल्दै बक्ताहरु ले नव गठित टिमलाई सफल कार्यकालको सुभकामना दिनुभएको थियो। अधिवेसन मा ‘हेल्पलाईन डाईगोनोस्टिक’ का डाक्टरहरु ले नि: सुल्क हेल्थ चेक अप को ब्यवस्था गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend