logo
  • शनिबार, साउन ३० २०८३

 एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा राममल्ल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

शिव सुवेदी, गुल्मी २६ चैत । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको १२ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले राममल्ल ठकुरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हाे । कमिटीको उपाध्यक्षमा कमला बराल,रामजी ज्ञवाली चयन भएका हुन भने सचिवमा बसन्त अधिकारी त्यस्तै उपसचिवमा सावित्रा भण्डारी, पिताम्बर पाैडेल र सनबहादुर बुचालाई भेलाले सर्वसम्मत निर्वाचित गरेको हाे

 १२ औ जिल्ला अधिवेशनको पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चाैधरीले उद्घाटन गरेका हुन । जिल्ला अधिवेशनमा पूर्वमन्त्री तथा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, केन्द्रीय सदस्य तथा गुल्मी इन्चार्ज प्रमेश पाेखरेल, लेखा आयाेग सचिवालय सदस्य सुनिता भुसाल, सल्लाहकार हरि छन्त्याल लगायतले बोलेका थिए । श्रीराम महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राेहित कडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend