logo
  • शुक्रबार, साउन ८ २०८३

” मायालुको नाममा ” गायक रामचन्द्र चन्दको कम ब्याक,पल शाह र नारायणी खत्रीको साथ (भिडियो सहित )


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

चक्र चन्द ,काठमाण्डू  । 

लामो समय देखि जटिल स्वास्थ्य समस्या झेल्दै आएका लोकप्रिय गायक तथा सर्जक रामचन्द्र चन्दले  ” मायालुको नाममा ” गित मार्फत पुन : नेपालि साँगितिक क्षेत्रमा कम ब्याक गरेका छन् । कोरोनाको समयमा स्वास्थ्यमा देखिएको समस्या बल्झिदै जाँदा पूर्ण रुपमा हिडडुल गर्न नसक्ने चन्द गित संगीत सिर्जनामा भने निरंतर लागिरहेका छन् । आज मात्रै बिन्दु परिवार युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा रामचन्द्र चन्द र बिन्दु परियारको स्वर सुन्न सकिन्छ ।

नायक पल  शाह र नारायणी खत्रीको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ । यो गित सार्वजनिक भएको केहि घन्टामै युटुब र टिकटकको ट्रेन्ड्रिंगमा अगाडी परेको छ । गीतमा गायक तथा सर्जक नन्दु परियारको लय तथा लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द रहेको छ ।

केहि समय अघि  हिप रिप्लेसमेन्ट गरेका गायक रामचन्द्र चन्द यो गित मार्फत नेपाली साँगितिक क्षेत्रमा पुन : फर्किएका छन् । गायक चन्दलाई हाम्रो तर्फबाट पनि सिघ्र स्वास्थ्य लाभको कामना ।

भिडियो –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend