logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल ०३ चैत्र, बागलुङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्ण भट्टराईको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रा खड्का, उपाध्यक्षमा उमानन्द रेग्मी, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा नारायण पौडेल, सहसचिवमा हिमाली पौडेल सुवेदी र सह कोषाध्यक्षमा देवी सिँजाली लगायत रहनुभएको छ। त्यस्तै अधिवेशनले कृपा पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा गंगा कुमारी शर्मा, ओम बहादुर थापा, दिनेश अधिकारी, बालकृष्ण सापकोटालाई चयन गरेको छ।

अधिवेशनको उद्‌घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज यम बहादुर कुँवरले शिक्षकहरूको पेशागत हितको लागि एकतावद्ध ढंगले अगाडि बढ्ने बताउनु भएको छ। आफ्नो कर्तव्यमा नचुकि, अधिकारको लडाइमा अनवरत लाग्नुपर्ने परिस्थिति रहेको भन्दै समयमै शिक्षा ऐन जारी नभए राज्यले त्यसको मूल्य चुकाउनुपर्ने बताउनु भएको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव तथा शिक्षक महासंघका राष्ट्रिय समिति उपाध्यक्ष राम प्रसाद पोखरेल, प्रदेश उपाध्यक्ष गोविन्द भण्डारी, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल शिक्षक महासंघका राष्ट्रिय सदस्य वेग बहादुर हमाल, बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य डिल्लीराज गौतम, शिक्षा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्याल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य सञ्जाल शर्मा, नेपाल निजामती कर्मचारी संगठनका बागलुङ अध्यक्ष मनोज कार्कि, अनेरास्ववियुका नेता आश्विन शेख, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश सदस्य समेत रहनुभएका उमानन्द रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध हुँदै प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा जिल्लाभरमा उत्कृष्ट प्रधानाध्यापकको रुपमा त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी सहित यस वर्ष स्थायी हुने शिक्षक, सेवानिवृत्त शिक्षक, आजीवन सदस्य शिक्षक, कलाकार लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रम निवर्तमान अध्यक्ष गंगा शर्माको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सापकोटाको स्वागत मन्तव्य तथा सचिव कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend