logo
  • शनिबार, साउन ३० २०८३

मदानेमा अहिले सम्मकै ठूलो राशिको भलिबल खेल हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री,फागुन ३, गुल्मी ।

गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा फागुनमा अध्यक्ष कप सन्चालन हुने भएको छ । प्युठान ,अर्घाखाँची र गुल्मीको सङ्गम स्थल मदाने गाउँपालिका ७ भनभने लाई सेन्टर बनाई अन्तर स्थानीय तह पुरुष तथा महिला भलिबलको आयोजना गरिएको हो ।

फागुन ७,८ र ९ गते गरि जम्मा तिन दिन सम्म यो  कार्यक्रम सन्चालन हुने भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थिले बताए । पालिकाले यो बर्ष मात्र नभई बिगत केही बर्ष अघि देखि यो कार्यक्रम सन्चालन गरिरहेको छ । यस बर्ष भने छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका ,प्युठान जिल्लाको झिम्रुक  गाउँपालिका र गौमुखी गाउँपालिकाको पनि सहकार्य रहेको पन्थीले बताए ।

अन्तर स्थानिय तह पुरुष भलिबलमा प्रथम हुनेले नगद रु.१,११,१११  ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रोले ५५,५५५ मेडल र प्रमाणपत्र र  तेस्रोले २५,५५५ सहिद प्रमाणपत्र  प्राप्त गर्ने छन् । मदाने गाउँपालिका वडा स्थरिय महिला भलिबलमा प्रथम हुनेले नगद रु.३३,३३३ ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रोले २२,२२२ मेडल र प्रमाणपत्र र  तेस्रोले ११,१११ सहिद प्रमाणपत्र  प्राप्त गर्ने गाउँपालिकाका खेलकुद शाखा प्रमुख नारायण प्रसाद पन्थीले बताए ।

खेल पुरुष भलिबलमा स्थानीय तह भित्रको हुने भएकोले आफ्नो स्थानीय तह सङ्ग समन्वयन गरेर कागजजात खुल्ने प्रमाण सहित सहभागी हुन अपिल गरिएको गाउँपालिकाका सुचना अधिकारि सुशील पोख्रेलले जानकारी दिए । अध्यक्ष कप २०८१ सफल बनाउन सबैलाई पत्रचार गरिएको र केही थप कुरा थाहा पाउनको लागि ९८६०२९३१७४ र ९८६५५९६६६५ मा  फोन गर्न सकिने पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend