logo
  • शुक्रबार, असोज ९ २०८३

पश्चिमाञ्चल यातायात समितिका कार्यालय प्रमुख अधिकारीको विदाई, गैरलाई स्वागत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यमलाल भुसाल, बुटवल फागुन ३ ।
पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनद्वारा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख र दूर्घटनाका सहायकलाई विदाई गरेको छ भने नव नियुक्त कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।

समितिमा लामो समयसम्म सेवा गरि सेवा निवृत हुनु भएका कार्यालय प्रमुख बावुराम अधिकारी र स्वच्छिक अबकास लिनु भएका दूर्घटनाका सहायक शिव क्षेत्रीलाई विदाई गरेको हो भने कार्यालय प्रमुखमा नियुक्ति हुनु भएका प्रकाश गैरेलाई स्वागत गरेको हो ।

स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हिमत आचार्यको अध्यक्षतामा विदाई तथा स्वागत कार्यक्रम गरिएको हो । सो अवसरमा वोल्दै अधिकारी र क्षेत्रीले लामो समय सम्म संगै काम गरेका कर्मचारीवाट आयोजित सम्मान तथा विदाई समारोहले आफूलाई निक हर्षित तुल्याएको बताउनु भयो । अबका दिनमा कामका दौरानमा एकै स्थानमा नभए पनि आपसीसम्बन्ध सदा सदाका लागि रहि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै नवनियुक्त कार्यालय प्रमुख गैरेले सबै कर्मचारी र संचालकहरुको भावनाको कदर गदै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हिमत आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सचिव भूमिकला रानाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend