logo
  • शुक्रबार, असोज ९ २०८३

डान्सबारमा झगडा हुँदा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी फागुन १ ।
नवलपरासीको डान्सबारमा झगडाँ हुदाँ एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नं.१३ जमुनाबारी स्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा झगडा हुदाँ प्रतापपुर गाँउपालिका वडा नं.९ खैरहनी बस्ने सन्त बहादुर चौधरीको मृत्यु भएको हो ।

गत माघ २८ गते राती डान्सबारमा प्रतापपुर गाउँपालिका वडा नं.१ सेमरी बस्ने ३१ बर्षिय अमित कुमार चौधरी समेतले फोटो भिडियो बनाएको बिषयमा कुटपिट गर्दा सन्त बहादुर चौधरी घाईते भएका थिए । कुटपिटबाट घाईते भएको चौधरीको उपचारको क्रममा चौरहा अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रतापपुर गाँउपालिका वडा नं.१ बस्ने ३१ बर्षिय अमित चौधरी,सोही ठाँउ बस्ने ३५ बर्षिय सरोज चौधरी र डान्सबार संचालक वडा नं.४ बस्ने राकेश हरिजनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उधोग मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend