साझा नेटवर्क
देवेन्द्र केसी ।
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को उत्कृष्ट तिन मनोनयन सार्वजनिक भएको छ । लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३३ बिधामा उत्कृष्ट तिन मनोनयन सार्वजनिक गरीयको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक सर्जक हुम गैरेले जानकारी गराए ।
पौष १६ गते देखी आवेदन फाराम खुल्ला गरियको थियो भने आवेदन फाराम भर्ने म्याद पौष महिनाको मसन्तमा सकियको थियो । यही फागुनको पहिलो साता अवार्डको फाईनल कार्यक्रम –गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखी योगदान दिंदै आउनु भएका करिब एक दर्जन अग्रज देखी अनुज सम्मका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो चौथो संकरणमा पनि भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरेले बताए ।
चौथोे राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ उत्कृष्ट तिन मनोनयन
१.सर्बोत्कृष्ट राष्ट्रिय भावको गीत गीत क. डोलराज न्यौपाने सिमाना ख. कृष्ण रानाभाट नेपालको चिनारी ग. बिष्णु परियार देशको मायाँ २.सर्बोत्कृष्ट एकल लोक गीत (गायक) गीत क. लक्ष्मण चापागाई बग्दै होला आँधि खोला नि ख. राम परियार डाँडाको साँईली ग. हरी खत्री आमा ३.सर्बोत्कृष्ट एकल लोक गीत (गायिका) गीत क. कृष्णा मल्ल ठकुरी चरीले बन फेर्र्यो ख. आश्मा बञ्जाडे आमा बिनाको तिज ग. सबिता परियार डाँडाको साँईला ४.सर्बोत्कृष्ट मौलिक गीत (गायक) गीत क. मणी सापकोटा मन परेकी पाउँदा ख. कृष्ण गौतम मालिकामा टल्कयो गजुर ग. श्याम बोहोरा आज तिम्रो बिहे ५.सर्बोत्कृष्ट लोक आधुनिक गीत (गायक) गीत क. ईन्द्र बस्याल जिबन दिएँ ख. यम नेपाली मनमा मायाँ तिम्रो नै छ ग. श्याम सारु मायाँको बिमा ६.सर्बोत्कृष्ट मौलिक गीत (नव गायक) गीत क. गुरु प्रसाद अधिकारी हाँसेर लाउ मायाँ ख. मदन खत्री पछेउरी मलमलको ग. अमर रजाली मगर जोवान साटेको ७.सर्बोत्कृष्ट मौलिक गीत (नव गायिका) गीत क. तुलसा गाहा मगर गाउँ कै झल्को (सालैजो) ख. पुष्पा राना नमाने लर्ताछु ग. प्रतिमा भट्टराई कलेजीको छेउ ८.सर्बोत्कृष्ट मौलिक गीत (गायिका) गीत क. मञ्जु थापा मास्टर्नी ख. बबिता गुरुङ जानीलाई जान देउ मायाँ ग. सबिता परियार जिन्दगी बुझिन मैले ९.सर्बोत्कृष्ट गायक गीत क. हरी खत्री माछापुच्छ्रेको ख. पुरुषोत्तम गैरे कमला ग. गणेश अधिकारी छोरा मान्छे ले १०.सर्बोत्कृष्ट गायिका गीत क. कबिता खत्री नमस्ते ढोग दीया ख. ईब्शल सञ्ज्याल साँईली ग. सिम्रन परियार नजर लाग्ला नि ११.सर्बोत्कृष्ट भाका गीत क. नन्दु परियार दउेन त्यो मन ख. सुमन ढकाल फुल रसैको ग. रञ्जीत सुनार काली बग्यो सली सली १२.सर्बोत्कृष्ट शब्द रचनाकार गीत क. हेमनाथ खराल कैलाशपती शिब जी ख. रामु बिरही चिसो चिसो मौसममा ग. राशी रिजाल मजेत्रो १३.सर्बोत्कृष्ट नव शब्द रचनाकार गीत क. सुसिल क्षेत्री परदेशको जेल ख. राम शिवाकोटी भन्देउ न ए आमा ग. बिष्णु थापा लुकामारी १४.सर्बोत्कृष्ट नव गायक गीत क. प्रकास सापकोटा यो मुटुमा छौ ख. प्रबिन राई पुर्बेली नानी ग. अमर दर्लामी मगर लगनको महिना १५.सर्बोत्कृष्ट नव गायिका गीत क. रोजिना परियार परदेशी भएँ ख. निशा श्रीष मगर भुन भुन भमरा ग. शोभा भुर्तेल दुःखी करिम १६.सर्बोत्कृष्ट पर्व गीत (गायक) गीत क. योगराज पोखरेल आफ्नै पारामा क. राजु अधिकारी आँखा नलाउ है ख. सुसिल क्षेत्री परदेशको जेल १७.सर्बोत्कृष्ट पर्व गीत (गायिका) गीत क. पुनम बस्याल उजेली ख. हरीकला सुनार ठोक साँईला ठोक मादल ग. सपना परियार दशैं आयो १८.सर्बोत्कृष्ट मौलिक शब्द रचनाकार गीत क. राम जिवन ज्ञवाली गाउँकै भल्को ख. सुमित्रा घर्ती नौतुना रेलैमा ग. अर्पण के.सी. सोल्टीनीको सिरैमा १९.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष गीत क. सुमन थापा बैंश जोबान (सालैजो) ख. सुरेन्द्र कुमार दाहाल (एस.के) पहिलो पहिलो मायाँ ग. डि.बि. घिमिरे झिम झिम सानु २०.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल (महिला) गीत क. सरिष्मा रामजाली मगर काँहा छ चरी ख. शिभाङगी क्षेत्री साईनो गाँसेर ग. प्रमिता राजघतानी मायाँको जनमबार २१.सर्बोत्कृष्ट म्यूजिक भिडियो नव मोडल (पुरुष) गीत क. एम. बि.गजमेर मनले मानेन ख. रेशम के.सी. धोकेबाज ग. दिपक महत औठी सुनैको २२.सर्बोत्कृष्ट म्यूजिक भिडियो नव मोडल (महिला) गीत क. रोशनी राउत चिसो चिसो मौसममा ख. रबिना पौडेल हेल्लो बेबी ग. झरना बि.शी. बिन्ती सानु २३.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल अभिनय (पुरुष) गीत क. पुश्कल भट्टराई एकल महिला ख. गान्धीब सुवेदी अध्यारो ग. भुवन के. पोखरेल पिपल पातले २४.सर्बोत्कृष्ट म्यूजिक भिडियो लोक आधुनिक मोडल (पुरुष) गीत क. सुमित जंग थापा धोका खाएँ अनि बिग्रीएँ ग. कृष्ण गोर्खाली अभागी मान्छे ग. दिनेश डाँगी सेतो घुम्टो २५.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल अभिनय (महिला) गीत क. सलिना थापा छोरो मान्छेले ख. आशा बिश्वकर्मा ए निष्ठुरी ग. प्रितीका सापकोटा चिसो चिसो मौसममा २६.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल नृत्य (पुरुष) गीत क. आशिष बिश्वकर्मा काली बग्यो सली सली क. कमल परियार गोर्खाको बजार ख. बिजेन्द्र नौबागे पुर्बेली नानी ग. राजन सुवेदी लाहुरे २७.सर्बोत्कृष्ट म्यूजिक भिडियो (निर्देशक) गीत क. खगेन्द्र नेपाल पराईको सिन्दुर ख. सुरज खनाल पानी सलल ख. राजन मर्हजन सोल्टीनीको शिरैमा ग. सुजन राना डाँडाकी साँईली २८.सर्बोत्कृष्ट बाध्यबादक गीत क. समिर जैरु रेलैमा ख. मान बा. परियार अभागी आमा ग. शिशिर परियार रामलाई रानी (पञ्चेबाजा) २९.सर्बोत्कृष्ट मञ्च प्रस्तुती क. शशिकला राई ख. बन्दना बिश्वकर्मा ग. कुसुम राना ३०.सर्बोत्कृष्ट देउडा गीत (गाायक) गीत क. टंक आउजी पिरतीको भुटो ख. राजेन्द्र बाजुराली रेलगाडी लेट भयो ग. प्रकास थापा तारा मधुराई छन् ३१.सर्बोत्कृष्ट काठे गीत (गाायक) गीत क. बिष्णु थापा ज्यान चोखो ख. नारायण गोपाली लाल हिरा ग. लेखनाथ आचार्य कथाले मागेको ३२.सर्बोत्कृष्ट काठे गीत (गायिका) गीत क. प्रिया सेञ्चुरी मेरी रानी ख. अम्बिका आचार्य चिसो भुईमा ग. बिन्दु परियार भँगेरीको गुड ३३.सर्बोत्कृष्ट बाल प्रतिभा गीत क. कमला घिमिरे धनगढीको बसमा ख. पवन सारु मगर नशा नशा ग. पल्लवी खत्री साउदी कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend