logo
  • शुक्रबार, असोज ९ २०८३

पौंदिटारी आधारभूत विद्यालयको स्वर्ण महोत्सव माघ २१ देखि २४ सम्म हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल ४ माघ, बागलुङ बढिगाड । पौंदिटारी आधारभूत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरले स्वर्ण महोत्सव मनाउने भएको छ। विद्यालयले आगामी माघ २१ गते देखि २४ गते सम्म विभिन्न कार्यक्रम सहित महोत्सव मनाउन लागेको हो। महोत्सवको अवसरमा विद्यालयको गतिविधि, हालसम्मको इतिहास सहितको स्मारिका प्रकाशित गर्ने, स्वदेश तथा विदेशमा रहने विद्यालयका शुभेच्छुकहरूसँग सहयोग सङ्कलन गर्ने लगायतको तयारी रहेको विद्यालयका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभएको छ।

स्वर्ण महोत्सवको अवसरमा पूर्व शिक्षक तथा विद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम, विद्यालयका शुभेच्छुकहरूसँग आर्थिक सहयोग सङ्कलन, चन्दादातालाई सम्मान सहित विविध कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ। वि.सं. २०३१ सालमा स्थापित पौंदिटारी आधारभूत विद्यालय बागलुङ पश्चिमकै अब्बल विद्यालयको रुपमा परिचित रहेको छ। अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै गरेको विद्यालयमा २ सय ५० बढि विद्यार्थीहरू अध्ययन गर्दै आएका छन्।

“स्वर्ण महोत्सव २०८१ हामी सबैको गर्व, शैक्षिक उन्नयनको लागि ऐतिहासिक पर्व” भन्ने मूल नारा सहित सञ्चालन हुन लागेको स्वर्ण महोत्सव पश्चात बालबालिकाहरूको गुणस्तरीय शिक्षामा समन्यायिक पहुँच सुनिश्चित गरी नमुना विद्यालयको रुपमा स्थापित हुने दूरदृष्टि रहेको विद्यालयले जनाएको छ। स्वर्ण महोत्सवको अवसरमा सहयोग गर्ने सहयोग दातालाई सहयोग रकम अनुसार सम्मान प्रदान गर्नेगरी तयारी भएको प्रधानाध्यापक टिका भुजेलले जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend