logo
  • शुक्रबार, असोज ९ २०८३

भूमि आयोग बागलुङको अध्यक्षमा भिमप्रसाद शेरचन नियुक्त 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 कमल पौडेल ४ माघ, बागलुङ । भूमि आयोग बागलुङको अध्यक्षमा भिम प्रसाद शेरचन (सुनिल) नियुक्त हुनुभएको छ। भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अनुसार नेपाल सरकारले बागलुङको प्रमुखमा शेरचनलाई नियुक्त गरेको हो। नवनियुक्त ७१ जिल्लाका भूमि आयोगका अध्यक्षहरूलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले सपथ गराउनुभएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत सरकारले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको भूमि समस्या समाधान गर्न आयोगको गठन गरेको हो।

बागलुङमा अध्यक्ष बन्ने भिमप्रसाद शेरचन को हुन?

बाबा थम्मन प्रसाद शेरचन र आमा पूर्णदेवि शेरचनको कोखबाट २०२० साल असार ०८ गते बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा जन्मनुभएका भिमप्रसाद शेरचन (सुनिल) ४ भाइ मध्येको कान्छो हुनुहुन्छ। २०३५ साल देखि नै विद्यार्थी राजनीतिमा जोडिनुभएका शेरचन हाल नेकपा एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य रहनुभएको छ। अनेरास्ववियू छैठौं बाट राजनिति प्रारम्भ गरेका शेरचन २०३६ साल देखि नै अनेरास्ववियु पाँचौँ हुँदै गुल्मीमा विद्यालय प्रारम्भिक कमिटी, पाल्पामा क्याम्पस प्रारम्भिक कमिटी सहित शेरचनले भूमिगत राजनीति सहित करिव ३० वर्ष राजनीतिमा बिताउनु भएको छ।

२५ वर्ष शिक्षण कार्यमा लाग्नुभएका शेरचनले २०६४ मा १७ वर्ष ७ महिनाको स्थायी जागिर छोड्दै नेकपा एमालेको तर्फबाट पहिलो संविधान सभाको उम्मेदवार बन्नुभएको थियो। निर्वाचनमा पराजित भएपनि निरन्तर राजनीतिमा लागेका शेरचनले पहिलो पटक लाभको पद प्राप्त गर्नुभएको हो। स्थायी ठेगाना बडिगाड गाउँपालिका ३ सिसाखानी भएपनि २०४९ सालदेखि बडिगाड गाउँपालिका वडा नं. २ मा बस्दै आउनुभएका शेरचन राजनीति सँगै विभिन्न सामाजिक संस्थाहरूमा समेत क्रियाशील रहँदै आउनुभएको छ।

शेरचनको राजनैतिक जिम्मेवारी

 २०३५ अनेरास्ववियू (छैठौं) प्रा.क.

 २०३६ अनेरास्ववियू (पाचौं) प्रा.क.

 २०३८ अनेरास्ववियू (पाचौं) प्रा.क. क्याम्पस कमिटी पाल्पा

२०४२ देखि २०४६ सम्म नेपाल कम्यूनिष्ट पार्टि (माले) भूमिगत रुपमै निर्माणमा योगदान

 २०४६ देखि २०४८ जिल्ला क्रान्तिकारी बुद्धिजिवि संघ

 २०४८ देखि २०५१ इलाका नं. ९ इन्चार्ज

 २०५१ देखि जिल्ला कमिटी सदस्य

 २०५७ देखि ०६२ क्षेत्र नं. ३ इन्चार्ज

 २०६६ देखि ०६८ सम्म जिल्ला उपाध्यक्ष

 २०६८ देखि ०७२ सम्म धौलागिरि अञ्चल समन्वय कमिटी सदस्य

 सङ्घीय संरचना सँगै प्रदेश कमिटी सदस्य

हाल गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend