logo
  • शनिबार, साउन ३० २०८३

चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को आवेदन फाराम खुला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र के.सी., काठमाडौं, १६ पौष । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि.अनामनगर द्वारा आयोजित चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को आवेदन फाराम खुला भएको छ । लोक तथा दोहोरी गीत सँग सम्बन्धित करिब ३७ विधामा आवेदन खुला गरिएको विशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक सर्जक हुम गैरेले जानकारी गराए ।

 आवेदन फाराम भर्ने म्याद यही पौष महिनाको मसान्त सम्म रहेको र यही माघको पहिलो साता उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम गर्ने तथा फागुनको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । 

अवार्डको फाइनल कार्यक्रममा लोक गीत सङ्गीतमा लामो समय देखी योगदान दिँदै आउनु भएका करिब एक दर्जन अग्रज देखी अनुज सम्मका कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । यस भन्दा अगाडिका संस्करणहरू निष्पक्ष अनि भव्यताका साथ सम्पन्न भएका कारणले पनि यो चौथो संस्करणमा पनि धेरै कलाकारहरूको उत्साहजनक सहभागिता रहने तथा कार्यक्रम भव्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend