logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी-अर्घाखाँची देउँसी भैलो कार्यक्रमको समापन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क,काठमाडौ पौष १५ ।

हरेक वर्ष जस्तै यसपालीपनी स्थानीय मौलिक कला संस्कृतिको प्रर्वधानार्थ गुल्मी- अर्घाखाँचीबाट काठमाडौंमा बसोबास गर्ने युवाहरुद्वारा आयोजना गरिएको देउँसी भैलो कार्यक्रम -२०८१ ,पुस १३ गते शनिबार समापन भएको छ ।

बसाइँसराइ, रोजगारी, अध्ययन वा विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएका गुल्मी-अर्घाखाँचीका युवाहरु तिहारमा घर फर्किन नपाएपनि गाउँघरमा जस्तै रमाइलो गर्न हरेक वर्ष जुट्ने र स्थानीय मौलिक कला र संस्कृति संरक्षण र प्रर्वधन गर्न लागि परेका हुन्छ्न । यस वर्षको हिन्दुहरुको पवित्र चाड शुभदिपावली तथा तिहारको अवसरमा काठमाडौंका विभिन्न स्थानमा खेलिएको भैलो समापन गरिएको हो ।

उक्त देउँसी भैलो कार्यक्रम लोकप्रिय कार्यक्रम इन्द्रेणी स्टुडियोमा समेत प्रस्तुत गरिएको थियो। जसले खुब चर्चा बटुलेको थियो । उक्त देउँसी भैलो समापन कार्यक्रममा देउँसीभैलोका दाताहरुलाई र उत्कृष्ट सहभागी कलाकारहरुलाई भैलो व्यबस्थापक कृष्ण प्रसाद खरेल, महेन्द्र भन्डारी र श्रीराम गौतमबाट सम्मान पत्र सहित सम्मान गरिएको थियो । देउँसी भैलोमा सहभागीहरु मध्येबाट सर्बोउत्कृस्ट मादल बादकको रुपमा अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-३ खनदहकि बहिनी अमृता खनाललाई मादल पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

आगामी वर्षहरुमा पनि यो मौलिक देउँसी भैलोलाई अझ थप परिस्कृत गर्दै लैजाने भैलो व्यवस्थापक तथा कार्यक्रम सन्चालक रबिन महतले जानाकारी गराउनु भयो ।

भिडियो –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend