साझा नेटवर्क
साझा नेटवर्क,युएई ।
गल्याङ नगर समाज युएई ले पाँच सय जना नेपाली दाजुभाइ दिदीबहिनी को उपस्थिति सहित बृहत बनभोज कार्यक्रम सप्पन्न गरेको छ । गल्याङ नगर समाज युएई ले गत २२/१२/२४ आइतबार का दिन युएई को मसाफी फुजेराहमा आफ्नो नौमती बाजा सहितको बृहत बनभोज कार्यक्रम सप्पन्न गरेको हो ।
गल्याङ नगर समाज युएईले हरेक बर्ष जाडोको मौसममा यसैगरी बनभोज कार्यक्रम गर्न गर्दछ । यसपटक भने गल्याङ नगर समाज युएई ले बनभोज कार्यक्रममा नेपाली नौमती बाजा हालेको थियो । यतिबेला दुबईमा रहने नेपालीहरुको रोजाइ मध्यको एकदमै रोजाइमा पर्ने संस्था गल्याङ नगर समाज रहेको छ । गल्याङ नगर समाज दुखी गरिबको सहारा भनेर चिनिएको संस्था मध्यको संस्था भएको कारण ले पनि होला गल्याङ नगर समाजले कार्यक्रम आयोजना गर्न साथ नेपाली दाजुभाइ दिदीबहिनीको भरपुर साथ सपोट पाउने गर्दछ ।
भर्खरै सप्पन्न बनभोज कार्यक्रममा पनि आयोजकले अनुमान गरेभन्दा दोब्बर सुभचिन्तक को साथ पाएको छ । गल्याङ नगर समाज युएईले हालै श्याम प्रसाद भुसाल ज्यु को अध्यक्षता र पुर्ब संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक पिताम्बर अर्याल संयोजकत्वमा सम्पन्न बनभोज कार्यक्रममा प्रमुख अतिथि स्याङ्जा सहयोग समाज युएई अध्यक्ष कल्पित भण्डारी विशेस अतिथि स्याङ्जा सहयोग समाज युएईका संरक्षक तथा नमस्ते ट्राभलका प्रो. एकेन्द्र बहादुर थापा तथा स्याङ्जा सहयोग समाज युएई का प्रमुख सल्लाहकार तथा गल्याङ नगर समाज युएई का प्रमुख संरक्षक गोबिन्द भट्टराई पत्रकार महासंघ नेपाल शाखा युएई का निबर्तमान अध्यक्ष तथा गल्याङ नगर समाज युएई का संरक्षक लक्ष्मण खनाल रहनु भएको थियो । 
विशिष्ट अतिथिमा वालिङ् समजा स्याङ्जा युएईका अध्यक्ष सुर्य गोतामे तथा कालीगण्डकी सहयोग समाज स्याङ्जा युएई का अध्यक्ष नारायण प्रसाद न्यौपाने रहनु भएको थियो । कार्यक्रममा लाङ्गघाली पन्चेबाजाको टिम विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,गल्याङ स्याङ्जा मात्र नभई विभिन्न जिल्ला बासी दाजुभाइ दिदिबहिनीको उपस्थिति र साथ सपोट रहेकोे देख्दा आगामी दिनमा अझै धेरै काम कार्य गर्न लाई हौसला र उर्जा प्राप्त भएको गल्याङ नगर समाज युएईका महासचिव नवीन न्यौपानेले बताउनु भयो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend