साझा नेटवर्क
अनिल खत्री,गुल्मी पौष १० ।
गुल्मीको मदाने गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तरगतको रक्तसंचार सेवा केन्द्र बीच सम्झौता गरिएको छ । सम्पुर्ण मदाने बासी लाई रगतको अभाब नहोस भनेर सम्झौता गरिएको हो । रगत नपाएर डौढ धुप नहोस ,बिरामी पर्दा रगतको अभाबमा थप जटिल नल्याउनको लागि यो कार्य गरिएको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्र भित्र वा प्रत्येक वडामा बर्षको कम्तीमा २ वटा रक्त संकलन गरि शिबिर रक्तसंचारको बारेमा जानकारी दिने पालिकाका सुचना अधिकारी सुशील पोख्रेलले बताए । गाउँपालिकाले रक्तसंचार सेवा केन्द्र रुपन्देहीलाई कम्तीमा १ लाख दिने तर गाउँपालिका भित्र कसैलाई रगतको अभाब परेमा निशुल्क सेवा दिने बताईएको हो । आपतकालीन अबस्थामा आकस्मिक रगत बिरामीले प्रयोग गर्न पर्ने भएमा आफ्नो कागजात पालिका लाई बुझाउनु पर्नेछ ।
यदि नबुझाएको खन्डमा भने निस्चित शुल्क तिरी रगत प्रयोग गर्ने र पछि कागजात बुझाएमा पालिकाले भने शुल्क फिर्ता गरिदिने भएको हो । रगतको अभाबमा अब मदाने बासी छट्पटीनु नपर्ने पोख्रेलले बताए ।
यो सेवा मदाने बासी तथा मदाने गाउँपालिका भित्र जुनसुकै कर्मचारीले पाउने भएका हुन । रगतको अभाबमा मदाने बासिले कुनै सास्ती खेप्न नपर्ने मदाने गाउँपालिकाका सुचना अधिकारी सुशील पोख्रेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend