साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी ४ पौष ।
यु डब्ल्यु एस नेपाल गुल्मी शाखाको आयोजनामा यु डब्ल्यु एस नेपाल र गुल्मी स्थानीय तह शिक्षा शाखाबीच अभिमुखीकरण कार्यक्रम होटल मझेरिको सभाहल तम्घास गुल्मिमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा गुल्मी जिल्लाका बाह्रवटा स्थानीय तहबाट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख र प्राबिधिक सहायक गरि कुल सोह्रजनाको सहभागिता रहेको थियो ।
बिगतका बर्षहरुदेखी यु डब्ल्यु एस नेपालले गुल्मी जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा गुणस्तरीय शिक्षाको लागि आवश्यक बालमैत्री बिद्यालय र शौचालय निर्माण ,सामुदायिक शिक्षक,तालिम प्राप्त फेलो शिक्षक नियुक्त गरि शिक्षक बिद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुद सामाग्री उपलब्ध गराउँदै स्कुल मोविलाईजर मार्फत नियमित अनुगमन गर्ने र शिक्षा अधिकृत मार्फत शिक्षकहरुलाई पेसागत बिकास तालिम प्रदान गर्दै आईरहेको छ।
गुल्मी जिल्लामा स्थापित बीस बिद्यालय मध्य छ वटा बिद्यालय सफलतापुर्वक स्थानिय सरकारलाई हस्तान्तरण गरिसकिएको यु डब्ल्यु एस नेपाल एजुकेसन कोअर्डिनेटर अनुज सिग्देलले जानकारी दिनुभयो।हाल गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं दुईका स्थानिय तहहरुमा सेवा गरिरहेको संस्थाले आगामी दिनमा क्षेत्र नं एक मा शैक्षिक कार्यक्रम बिस्तारमा लागेको उहाँले स्पष्ट पार्नुभयो।गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी स्थानिय सरकारको प्रमुख दायित्वमा पर्ने भएकोले आगामी दिनहरुमा स्थानीय सरकारसङ्ग लागत साझेदारीमा कार्यक्रम सन्चालन गर्ने उद्देश्यले स्थानीय सरकार सङ्ग नियमित छलफल कार्यक्रम आयोजना गरिँदै आईएको छ ।
अभिमुखीकरण कार्यक्रममा आफ्ना भनाईहरु राख्दै मुसिकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकास नेपालीले संस्थाको तर्फबाट संचालित सम्पूर्ण शैक्षिक कार्यक्रम प्रभावकारी रहेकाले छलफलका प्रस्तावहरु कार्यपालिका बैठकमा प्रस्तुत गरि निर्णय लिन सकिने बताउनुभयो। त्यस्तै सेवा बिस्तार हुन लागेको क्षेत्र नं एकबाट सहभागीहरुले संस्थाले कार्यक्रम बिस्तार गर्न लागेको कुराले थप उत्साह प्राप्त भएको र सहकार्यको लागि आवश्यक वातावरण निर्माण गर्न आफूहरू कृयाशिल हुने बताए ।
यु डब्लु एस लागू नभएका बिद्यालयमा पनि यु डब्ल्यु एस का कार्यक्रम अनुसरण गरेर समानान्तर समिती निर्माण गरि गुणस्तरीय शिक्षामा लगानिको सुनिश्चितता गरिने कुरामा सहभागीले समर्थन जनाएका थिए ।अभिमुखीकरण कार्यक्रममा यु डब्ल्यु एस नेपाल एजुकेसन कोअर्डिनेटर अनुज सिग्देलले संस्थाको परिचय,बाल आचारसंहिता,बर्तमानका क्रियाकलाप र भावी योजनाबारे सहभागिलाई जानकारी प्रदान गर्नुभएको थियो ।
त्यस्तै संस्थाको प्रोग्राम कोअर्डिनेटर सरु घिमिरेले सस्थाको तर्फबाट हुने क्रियाकलापमा लैङ्गिक समानता,कक्षा अवलोकन,शिक्षक तालिमका शिर्षक र अनुगमन बारे जानकारी गराउनुभएको थियो। संस्थाको MEAL अफिसर रोजिना घिमिरेले नियमित डाटा सङ्कलन र तथ्यांक बिश्लेषणको अवधारणा प्रस्तुत गर्नुभएको थियो।कार्यक्रम यु डब्ल्यु एस नेपाल स्कुल मोविलाईजर कृष्ण भट्टराईको सहजिकरणमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend