logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी मङ्सिर २९ ।
नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ परेका छन । शुक्रवार रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोक स्थित विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ भन्सारटोल बस्ने २८ बर्षिय अम्जद डफालीले प्रयोग गरेको युपी ५७ ए एक्स २६८० नम्बरको मोटरसाईकलमा पछाडी सवार सरावल गाउँपालिका वडा न.७ बस्ने वर्ष २१ को हासन डफालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हासनको शरिर र बोकेको कालो रङको झोला चेकजाँच गर्दा झोला भित्र ५ वटा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थाम २/२ यमयलको डाईजेपाम ९८५ एम्पुल, फेनरगन ९८७ एम्पुल, बुप्रिनुर्फिन १००५ एम्पुल,सामसङ्ग कम्पनिको मोवाईल २ थान किप्याडमोवाईल थान १ प्रहरीले बरामद गरेको हो ।

प्रयोग गरेको मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend