logo
  • शुक्रबार, असोज ९ २०८३

सुस्तामा गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी मङ्सिर २८ ।
नवलपरासीमा गोली हानी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न फरार रहेको सुस्ता गाउँपालिका वडा नं.२ महलबारी बस्ने २२ बर्षिय बिशाल मुसहरलाई प्रहरी चौकी रामनगरबाट प्रहरी नायब निरिक्षक पिंकल बिक को कमाण्डमा खटिएको प्रहरीटोलीले सुस्ता गाँउपालिका वडा नं.५ बलिनगर स्थित नेपाल भारत सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यसैगरि घटना स्थलबाट सोही ठाँउ बस्ने २१ बर्षिय मोहन थारु र १८ बर्षिय साहिल थारुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुबाट ८ थान ठुलो छर्रा,२० थान सानो छर्रा,१२ पिस सलाई,३ थान छर्रा राख्ने फ्रेम,३ थान रिङ्ग कैप लेखेको खोल र १ थान फलाम,स्प्रिङ तथा रबर प्रयोग गरी बनाएको पेस्तोल जस्तो देखिने हतियार बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनमा प्रयोग भएका हतियार शंकित ब्यक्तीहरुले आफैले बनाएको साथै रिङ्ग कैप बेयरिङ्ग लगायतका सामान भारतीय बाजारबाट खरिद गरेको ल्याएको खुलेको प्रहरीले जनाएको छ । घटनमा संलग्न ब्यक्तीहरुलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत परासीबाट १० दिनको म्याद थप लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

बिहिवार साँझ सुस्ता गाँउपालिका वडा नं.२ महलबारी मुसहरटोल बस्ने २३ बर्षिय रोहन महतो गोली लागेर गम्भिर घाईते भएका थिए।
गम्भिर घाईते भएका महतोलाई उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend