साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु कार्त्तिक २१।
कपिलवस्तुको बनगाईमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । सुपादेउरालीबाट रिजर्भ गरेर पश्चिमबाट पूर्वतर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले ठक्कर दिएर अर्घाखाँचीको खनदह घर भई हाल बाणगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका ३६ वर्षीय भीमलाल पोख्रेलको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय, पिपराका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतक पोख्रेलको शव पोष्टमार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend