logo
  • शुक्रबार, असोज ९ २०८३

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको माग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाँके, असोज २२ ।
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् ।नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके पुगेका पत्रकारहरुले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन माग गर्दै ज्ञापन पत्र बुझाए ।

हतपत गर्ने व्यक्तिहरू दुर्गेश साहु विशाल गुप्ता। दिपेन्द्र यादव लगायत रहेकाे छ पिडितले बताए । पत्रकारका तर्फबाट विभिन्न आस्थागत संगठनका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बुझाउँदै महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माले सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन घटनाका दोषीलाई कारवाही जरुरी भएको औंल्याए ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला सचिव कमल डाँगी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, जिल्ला अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रदेश महासचिव नविन गिरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, जिनेपाल एचडीका प्रबन्ध निर्देशक आशिष गुप्ता लगायतले घटनाबारे चिन्ता व्यक्त गर्दै दोषीलाई कारवाही माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend