logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा अबिरल बर्षाको कारण ९ घरमा क्षती


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी असोज १२।
अविरल बर्षाका कारण नवलपरासीमा ९ वटा घरमा क्षति भएको छ । शनिवार बर्दघाट नगरपालिका वडा नं.२ बासखोला स्थित बर्षाको कारण बासखोला बस्ने कोश बहादुर आलेको ढुङ्गा माटोले बनेको २ तल्ला कच्चि घर पछाडीको भाग (उत्तर) भत्किएको, कादर दर्लामीको, काठको घर टिनले छाएको १ तल्ला घरको पछाडी क्षति भएको छ ।

त्यस्तै हरि बहादुर राईको २ तल्ला काठको घर पछाडी भागमा क्षति, तोमन सिंह दर्लामीको काठको कच्चि २ तल्ला घरको पछाडी क्षति, तिल कुमारी बाह्रघरेको २ तले ढुङ्गामाटोले बनेको घरमा क्षति, बम बहादुर बाह्रघरेको २ तले ढुङ्गा माटोले बनेको घरमा क्षती, तिल बहादुर रुचालको २ तले ढुङ्गा माटोले बनेको घरको उत्तर र पश्चिम भागमा क्षति, दल बहादुर राईको माटो ढुङ्गाले बनेको २ तले घर आधा चर्कि भत्केको र कुश बहादुर आले मगरको २ तलाको काठको घर उत्तर तर्फको भाग भत्किएको प्रहरीले जनाएको छ ।

बर्षाको कारण घरहरुमा क्षति पुग्दा पनि मानविय क्षति नभएको र सबै मानिसहरु सुरक्षित स्थानमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend