साझा नेटवर्क
सज्जन ढकाल गुल्मी १० असोज । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्ग नयाँगाउँ नेटा निवासी हाल लण्डनमा रहनुहुने सुरेश केसीले शिव प्राथमिक विद्यालय नेटाको प्राङ्गणमा खानेपानी धारा निर्माणका लागि बीस हजार आर्थिक सहयोग गर्नु भएको छ । केसी उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
पछिल्लो समय केसी लण्डनमा व्यापार व्यवसाय लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सहयोग गर्दै आईरहेका छन् । जन्म भुमी प्रति सदैव आफ्नो उच्च सम्मान रहेको केसीले बताए । विद्यालयको प्राङ्गणमा खानेपानी धारा निर्माणले बाटो हिड्ने बटुवा लाई पानी पिउन सहज हुने शिव प्राथमिक विद्यालयका प्रअ मुकेश भट्टराईले बताए ।
पछिल्लो समय गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि सार्वजनिक धारा नहुँदा सडकमा यात्रा गर्ने यात्री लगायत बटुवालाई पानी पिउनको लागि असहज वातावरण सृजना हुँदै पसलमा बोतलको पानी किन्नु पर्ने बाध्यता रहँदै आएको छ । तसर्थ यो धारा निर्माणले केही टेवा पुर्याउने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend