logo
  • शुक्रबार, असोज ९ २०८३

यु डब्लु एस नेपालले फुड फेस्टिभल गरेर बाल दिवस मनाउने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भट्टराई,गुल्मी २८ भदौ |

युनाईटेड वर्ल्ड स्कुल्स नेपालले ६० औँ बाल दिवसको अवसरमा फुड फेस्टिभल गरेर मनाउने भएको छ । संस्थाको शैक्षिक कार्यक्रम लागू भएका जिल्ला स्थित बिद्यालयका प्रधानाध्यापक सहित संस्था प्रमुखको अनलाईन मार्फत बैठक गरेर सबैको सहमतिमा फुड फेस्टिभल गर्ने निर्णय भएको युनाइटेड वर्ल्ड स्कुल्स नेपालका एजुकेसन कोअर्डिनेटर अनुज सिग्देलले जानकारी दिनुभयो ।

संस्थाले सङखुवासभा,गुल्मी ,ताप्लेजुङ ,तनहुँ ,र भोजपुर जिल्लामा आफ्नो कार्य बिस्तार गरि गुणस्तरीय शिक्षाको क्षेत्रमा हातेमालो गर्दै अगाडि बढिरहेको छ।बाल दिवसको नारामा जस्तै बिद्यार्थीलाई नेतृत्व प्रदान गरेर अभिभावक ,शिक्षक ,र संस्थाका प्रतिनिधिको सहजीकरणमा स्थानिय खानाका परिकार तयार गरेर स्टल बनाई फुड फेस्टिभल गर्न लागिएको हो ।

बाल बालिकालाई मनोरन्जनको साथमा ब्यबहारिक ज्ञान र रचनात्मक सिपको बिकासमा सहयोग पुग्ने हुनाले यस्तो कार्यक्रम आयोजना गर्न लागिएको सिग्देलले स्पष्ट पार्नुभयो ।

फुड फेस्टिभलको साथमा र्‍याली,नृत्य ,खेलकुद लगाएत मनोरन्जनात्मक कार्यक्रम सन्चालन गर्न संस्था मातहतका बिधालयले ऐक्यबद्धता जनाएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend