साझा नेटवर्क
शिव सुवेदी , २६ भदौं । बुटवल अर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डबल क्याप जिप दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्यु हुनेमा छत्रदेव ५ टुनिचौरका ६५ वर्षीय शिक्षक रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ ।
अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाबाट बुटवल जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप जिप आफै अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गाडीमा चालक सहित १० जना सवार रहेका बताईएको छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० वर्षीय चुरा बहादुर खत्री, बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिया अनिता परियार उनकाे २० महिनाको छाेरा प्रयन्स परियार वर्ष ४२ की गीता आचार्य बर्ष १७ की दीक्षा पौडेल, वर्ष ४४ की कमला अधिकारी बर्ष ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष २६ की बिष्णु थापा घाइते भएका छन ।
घाइते अधिकाशंकाे टाउकाे ,ढाड,कान र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार यम बहादुर महतले जानकारी दिएका छन । घाइते सबैको ठाडामा सामान्य उपचार पछि बुटवल रिफर गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend