logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी भदौ २३ ।
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आईतवार सुनवल नगरपालिका वडा नं. १२ फरौली र रामग्राम नगरपालिका वडा नं.११ को सिमाना स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु १७ प ८७८८ नम्बरको को मोटरसाईकल अचानक आफै अनियन्त्रित भई रोडको दाहिने साईडको नालीको पानीमा पल्टिन जांदा मोटरसाईकल चालक सुनवल नगरपालिका वडा नं. ९ स्वाठी बस्ने २६ बर्षिय रामनाथ कंवर को मत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गम्भिर घाईते भएका कवरको मुख र शरिरको बिभिन्न भागमा चोट लागेको पछि उपचारको लागी जिल्ला अस्पताल पठाएको र उपचारको क्रममा मृत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend