logo
  • शनिबार, साउन ९ २०८३

दाङ देउखुरी समाजको तिज विशेष कार्यक्रम सम्पन्न

गायिका रिता केसीले नचाईन उपस्थित सबैलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा  नेटवर्क, कतार भदौ २३ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज विशेष साँस्कृतिक” भव्य रुपमा सम्पन्न भएको छ । “दाङ देउखुरीको चाहना, प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना” भन्ने मुल नाराका सहित सामाजिक कार्यमा सकृय रहेको समाजले गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।
विधिवत रुपमा उदघाटन गरिएको कार्यक्रममा समाजका अध्यक्ष रण बहादुर केसीको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यता रहेको थियो । समाजकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेकी थिइन । कार्यक्रम संयोजक मनिषा खड्काले कार्यक्रमको बारेमा प्रष्ट पार्दै जिल्लाका गरिब तथा जेहेन्दर बिद्यार्थीहरुलाई सबैले सहयोग गरिदिन आग्रह समेत गरिन ।
बाल कलाकार द्वय जिया हमाल र कृजल पन्थीले स्वागत नृत्यबाट सुरु भएको सास्कृतिक कार्यक्रममा गुना मगर, साजना स्वर्णकार, ईन्दिरा शाह, शान्ती वली, रेश्मी सेन्चुरी, सिर्जना क्षेत्री लगायतका कलाकारले आफ्ना प्रस्तुतिहरु राखेका थिए ।
कार्यक्रमको मध्यान्तर तिर स्टेज चढेकी नेपाल बाट आमन्त्रित अतिथि कलाकार गायिका रिता केसीले प्राण भन्दा प्यारो माईतिघर, जय शिव शंकर भोला, छड्के नजर, नाई नाई नभने मायाले, नाच्नमा एक नम्बर, साथ दिसिन्छ जस्ता करिव एक दर्जन आफ्ना सागिंतिक प्रस्तुतिहरु राखेकी थिइन । गायिका केसीका प्रस्तुतिहरु सँगै उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएर पुर्ण मनोरञ्जन लिदै छमछमी नाचेका थिए ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरुलाई सम्मान पत्र र पारिश्रमिक सहित सम्मान गरिएको थियो । कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, कलाकार, पत्रकार लगायत नेपाली दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रमुख अतिथी माया केसीले आफ्नो मन्तव्य बोल्दै हरितालिका तिजको दिन नेपाली महिला समाज कतारलाई सम्झिएर यति ठूलो माया र सम्मान दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरिन । केसीले हरितालिका तिजको पावन अवसरमा हलमा उपस्थित सम्पुर्णलाई शुभकामना व्यक्त गर्दै कतारमा रहेका नेपाली दिदीबहिनीहरुलाई केही दु:ख र समस्या परेमा समाजलाई सम्झिन समेत आग्रह गरिन ।

सभापति रण बहादुर केसीले बिगत एक दशकदेखि समाजले आयोजना गर्दै आएको तिज विशेष कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै समाजले चलाएको अभियानमा जोडिएर सहयोग गरिदिन समेत आग्रह गरे ।

केसीले कार्यक्रम गर्ने वातावरण मिलाईदिएकोमा एनआरएनए एनसिसी कतारलाई बिशेष धन्यवाद प्रकट गर्दै एनसिसीले दिएको साथलाई जिवनमा कहिले नभुल्ने बताए । कार्यक्रम महासचिव चिन्तामणि भुषाल, सचिव सुरत शाही र राजन चापागाईको सहजीकरण सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend