साझा नेटवर्क
कृष्ण भट्टराई गुल्मी १९ भदौ । यु.डब्लु.एस नेपाल संखुवासभा र धर्म देवी नगरपालिकाको साझेदारीमा सञ्चालित तीन दिने शिक्षक तालिमको समापन गरिएको छ।UWS नेपालको साझेदारिमा कार्यक्रम सन्चालनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई आधारभूत गणित तथा भाषा सम्बन्धी तालिम प्रदान गरिएको हो।

धर्मदेवी नगरपालिकाको सभा हलमा भदौ १६ देखि १८ गतेसम्म सञ्चालन भएको तालिममा १६ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ३० जना शिक्षकहरुको उपस्थिति थियो। समुदघाटन कार्यक्रममा धर्मदेवी नगरपालिका प्रमुख उदयचन्द्र पौडेलले यस तालिमले शिक्षकमा थप उर्जा, हौसला र यसबाट सिकेका ब्यबहारिक सीपलाई कक्षाकोठामा प्रयोग गरि शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी यु डब्लु एस नेपालका अध्यक्ष खेमरज खड्काले स्थानीय सरकारले सहकार्य र समन्वयको वातावरण सिर्जना गरेको खण्डमा विभिन्न किसिमका व्यवहारिक तालिम र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम ल्याउन यु डब्लु एस नेपाल प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो।
तालिममा नेपाली, अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित ,मनोरञ्जनात्मक र खेल विधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सकिन्छ भनेर शिक्षकहरूलाई जानकारी गराईएको यु डब्लु एस नेपाल संखुवासभाका सिनियर एजुकेसन अफिसर विक्रम भट्टराईले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा बोल्दै सिंहेश्वरी माध्यमिक बिद्यालयका शिक्षक अमृता राईले तालिममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न शिक्षकहरु उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने यस्तो कार्यक्रमको निरन्तरता रहनुपर्ने बताउनुभयो ।त्यसैगरी धर्मदेवी नगरपालिका शिक्षा शाखा प्रमुख पदम बस्नेतले यु डब्लु एस को सहकार्यमा संचालित यश तालिमले “मैले सुनेँ ,मैले बिर्सिएँ, मैले देखेँ मैले सम्झिएँ र मैले गरेँ मैले बुझेँ” भन्ने भनाइलाई चरितार्थ गर्न सक्ने तालिम भएको बताउनुभयो ।

यस्तै उक्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले तालिम रोचक ,उत्साहजनक र प्रभावकारी रहेको बताउनुभयो ।यु डब्लु एस नेपाल विगत आठ वर्षदेखि संखुवासभा ,गुल्मी, ताप्लेजुङ ,भोजपुर र तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ।
संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका झण्डै चौध हजार बढी विद्यार्थी लाभान्वित गरेको छ ।तालिमको सहजीकरण यु डब्लु एस नेपाल संखुवासभाका वरिष्ठ शिक्षा अधिकृत विक्रम भट्टराईले गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend