logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सम्पर्क समाज भारतको तिज मिलन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भदौ १८।
भारतमा कार्यरत गुल्मेलीहरुलाई ऐक्यबद्ध तथा सु-सुचित गराउने ध्येयले खोलिएको गैर राजनितिक तथा गैरनाफामुलक सामाजिक संस्था गुल्मी सम्पर्क समाज भारतद्वारा आयोजित दरखाने तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । सरोजनी नगरस्थित दक्षिण भारतिय समाज, राम मण्डपको सभागारमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा ऐभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिजका अध्यक्ष तथा सामाजिक अभियान्ता युवराज बराल हुनुन्थ्यो ।

संस्थाका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा ऐभरेष्ट चेम्बर अफ कमर्सका महासचिव तथा योगगुरु डा. मोहन कार्की हुनुहुन्थ्यो । कार्यक्रममा सार्क युनिवर्सिटीका प्राध्यापक डाक्टर युवराज पोख्रेल, सामाजिक अभियान्ता सरिता न्यौपाने, नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव सुभाष बस्नेत, डिसी नेपाल डटकमका भारत संयोजक भरत पौडेल, नेपाल प्रेस खबरका प्रतिनिधी अर्जुन थापा, मेडिकल ब्यवसायी एल पी पाण्डे, रवि फास्टफुडका प्रोप्राइटर रवि शिँह लगायत ट्रान्सपोर्ट ब्यवसायी र बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नरहरी घिमिरे, बरिष्ठ सल्लाहकार दुर्गा भण्डारी, ब्यवस्थापन सचिव रामचन्द्र अधिकारी, सांस्कृतिक सचिव बिष्णु प्रसाद पोख्रेल, सहसचिव बिष्णु ज्ञवाली, सहकोषाध्यक्ष जिवन पौडेल, सहसङ्गठन सचिव गोकर्णराज बस्नेत, संङ्गठन सचिव हुमकला खड्का लगायतले ब्यवस्थापनको भुमिका निभाउनु भएको थियो । मौलिक नेपाली दर सङ्गै सुरु भएको कार्यक्रममा महिलाहरुको मौलिक नृत्य र टिपिकल गितहरु देख्न सकिन्थ्यो ।

अवेरसम्म चलेको कार्यक्रमको सञ्चालन मिडियाकर्मी देबेन्द्र केसी र स्वागत मन्तव्य सहसङ्गठन सचिव मालती रिजालले गर्नुभएको थियो । संस्था बारे संस्थाका महासचिव मुकुन्द पौडेलले सबिस्तार जानकारी दिनुभएको थियो । संस्थामा हालसम्म एकसय पन्ध्र आजिवन सदस्य रहेको सचिवालयले जनाएको छ ।

ज्यापी हस्पिटलबाट निशुल्क स्वास्थ्य परिक्षण

प्रतिष्ठित हस्पिटल ज्यापी ग्रुप अफ हस्पिटलबाट आएको मेडिकल टिमले निशुल्क स्वास्थ्य परिक्षण क्याम्प लगाएको थियो । संस्थाका स्वास्थ्य सचिव बाबुराम अधिकारीको रोहवरमा कार्यक्रममा उपस्थित बहुसंख्यक गुल्मेलीहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै आवस्यक स्वास्थ्य सल्लाह प्रदान गरिएको थियो ।

बयोबृद्ध सम्मानित

संस्थाले नयाँ दिल्लीमा निवासी बयोबृद्ध आमा, बुवाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । संस्थाले बयोबृद्धहरुको सम्मान गरेर अपनत्व पन झल्काउने र संस्थाको पनि अमुल्य निधिको रुपमा बयोबृद्धहरुलाई सदैव सम्मान, आधार भाव र परिवार भाव राख्ने प्रयासको सुरुवात गरेको छ, दोसल्ला ओढाउदै संस्था अध्यक्ष टिका बहादुर कार्कीले भन्नुभयो । कार्यक्रममा बयोबृद्धहरु बल बहादुर परियार, दुर्गा भण्डारी, भुमा अर्याल र तुलसीराम अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पल्लीकोटका पन्चेबाजाले माहौल तताए

पल्लीकोट घर भई दिल्लीमा कार्यरत “पल्लीकोट नौमती बाजा”ले माहौल तताएको थियो । गोपाल परियारको नेतृत्वमा आएको पन्चेबाजा संस्थाका सङ्गठन सचिव मिलन रानाको रोहवरमा कार्यक्रम स्थलमा ल्याईएको सचिवालयले जनाएको छ । पन्चेबाजामा अवेरसम्म युवा, युवतीहरु झुम्मिएको देख्न सकिन्थ्यो ।

फोटो : गोपाल भारद्वज ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend