साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार भदौ १८ ।
दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गरेको “तिज विशेष साँस्कृतिक कार्यक्रम”को तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको सम्पूर्ण तयारीलाई तीव्रताका साथ अगाडी बढाइएको र करिव करिव अन्तिम चरण तिर आइपुगेको समाजकी महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक मनिषा खड्काले बताइन ।
तिजको अवसर पारेर आयोजना गरीएको कार्यक्रममा नेपालदेखि लोकप्रिय गायिका रिता केसी आउदै छिन । गृह जिल्लामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष सहयोगार्थ आयोजित सोहि कार्यक्रममा गायिका केसी सँगै इन्दिरा शाह, गुना मगर, रेस्मी सेन्चुरी, शान्ति ओली, जिया हमाल, सृस्टी लामा, सजना स्वर्णकार लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
कतारमा स्थापित वैचारिक तथा सामाजिक संघ-संस्था, समाजसेवी, पत्रकार लगायत सबैलाई निमन्त्रणा गरिसकिएको र यदि निमन्त्रणा पत्र प्राप्त नभएको भए यसैलाई आधार मानेर कार्यक्रममा गरिमाय उपस्थितिका लागि संस्थाका अध्यक्ष रण बहादुर केसिले आग्रह गरेका छ्न ।
आगामी ६ सेप्टेम्बर २०२४ का दिन कतारको सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रम बिहान ११ बजेबाट सुरुहुने महासचिव चिन्तामणि भुसालले साझा नेटवर्कलाई जानकारी दिए ।
https://www.facebook.com/100001141015023/videos/pcb.7946650238716264/855101879904036
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend