साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ १६ ।
हरितालिका तिजको अवसरमा भाडगाउ गुल्मी रुपन्देही सम्पर्क समाजले तिज मिलन तथा दरखाने कार्यक्रम एक समारोहका बिच सम्पन्न गरेको छ । समाजले गुल्मीको भाडगाउबाट बसाई सरेर रुपन्देही जिल्लामा बसोबास गर्दै आएका दिदिबहिनीहरुलाई जम्मा गरेर आइतवार तिज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य साबित्रा आचार्यको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष अनन्त पन्थीको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष अनन्त पन्थीले आफ्नो मौलिक कला संस्कृति जगेर्नाको लागि तिज मिलन कार्यक्रम आयोजना गरिएको बताउदै थप सम्बन्ध सुमधुर बनाउनका लागि आगामी दिनमा कार्यक्रमलाई निरन्तरतासंगै अन्य सामाजिक कार्यक्रमहरु पनि गर्ने बताए । करिव १५० जनाको सहभागिता रहेको कार्यक्रमको संचालन सस्थाका सचीव कृष्ण पन्थीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend