साझा नेटवर्क
हसिना अन्सारी, नवलपरासी भदौ ११ ।
नवलपरासीमा लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन । मंगलवार रामग्राम नगरपालिका वडा नं. ४ ललितपुर स्थित उखुबारीमा रहेको छाप्रो भित्र पाल्पाको तानसेन नगरपालिका वडा नं.११ बर्तुङ बस्ने १८ वर्षिय श्याम मगरलाई शंकास्पद ढंगले बसी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा मगर संग प्रतिबंधित लागु औषध नुफिन ३९ एम्पुल,डाईजोपाम ३९ एम्पुल र फेनार्गन ३९ एम्पुल सहित ग १७ प ८२९७ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend