logo
  • शुक्रबार, असोज ९ २०८३

भुर्तुङ्ग तराई सम्पर्क समाजले सम्पन्न गर्‍यो तिज मिलन कार्यक्रम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 सज्जन ढकाल ,बुटवल ६ भाद्र । भुर्तुङ्ग छापचौर तराई सम्पर्क समाज रूपन्देहीले महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा आज तिज मिलन शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम रूपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर १, बनकट्टामा सम्पन्न गरेको छ । 

कार्यक्रममा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । सम्पर्क समाजका उपाध्यक्ष मन बहादुर थापाले स्वागत मन्तब्य राखेका थिय । उक्त कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष फट्टिक केसीले तिज मिलन तथा दर खाने कार्यक्रमले पुनः भुर्तुङ्गेली समुदायलाई एकजुट गराएको बताए । सम्पर्क समाजका सचिब नाम बहादुर केसिको संचालनमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सयौँ भुर्तुङ्गेली जनसमुदायको उपस्थिति रहेको थियो ।

 कार्यक्रम पूर्ण रुपमा सफल हुनुका साथै आगामी दिनमा समाज लक्षित शसक्त कार्यक्रम गरिने सम्पर्क समाजका अध्यक्ष राजकुमार केसीले बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेद बहादुर थापाले सिङ्गो सम्पर्क समाज लगायत महिला दिदी बहिनीहरूलाई शुभकामना व्यक्त गर्नु भएको थियो । विशेष गरि बुटवल लगायत रुपन्देहीका अन्य क्षेत्रमा छरिएर रहेका भुर्तुङ्गेली जन समुदायलाई एकतामा बाँध्ने उद्देश्य सहित गठित यस संस्थाले समाज लक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । समानुपातिक सभ्य र विभेद रहित समाज सँगै समृद्ध भुर्तुङ्ग निर्माण गर्ने उद्देश्य लिएको यस संस्थाले कालीगण्डकीमा दैवी विपत लगायत अन्य विविध क्षेत्रमा आर्थिक सहयोग गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend