साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ २ ।
गुल्मीको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका ०५ मलागिरिमा खानेपानीको अभाब देखिएको छ । जम्मा वडामा अमुमानित ६० घर धुरी भए पनि सबैलाई पिउने पानीको सुबिधा नभएको स्थानीय रमेश खत्रीले बताए । साबिक वडा नम्बर ४ मा करिब ५/६ बर्ष अगाडि ३०/३५ घर धुरी लाई मात्र पुग्ने लिफ्टिङ् बाट खाने पानीको ब्यबस्था गरिएको थियो । जुन सबै वडालाई भने समेटिएको थिएन ।
१० महिना पछि यो लिफ्टिङ्ग एक्कासि बन्द भयो जुन अहिले सम्म आउदा पुन मर्मत गरिएको छैन जसको कारण त्यहाका स्थानीय लाई खानेपानीको समस्या भएको खत्रीले बताए । बन्दको प्रभाब अहिले सम्म लिफ्टिङ्गका सामाग्री कुनै काम लाग्ने अबस्थामा छैन्न ।त्यहाका सोलार ,ब्याट्री ,तार,पाइप,ट्यान्की लगाएयतका सामाग्रीहरु काम नलाग्ने भएका छन । मर्मत र सन्चालनको लागि वडा र पालिकामा जानकारी गराउदा पनि कसैले गुनासो नसुनेको रमेश खत्रीले बताए । स्थानीय यति बेला आक्रोसमा उत्रिएका छन ।
उनीहरु मदानेका जनप्रतिनिधि हरुलाइ भनिरहेका छन । १, “चुनाब अघि जनताको घर दैलोमा के भनेर पुग्नु भएको थियो ? २ अहिले सम्म खानेपानीको समस्या समाधान किन हुन सकेन ? ३ पटकपटक जानकारी गराउदा पनि यो कुराको सुनुवाई किन हुन सकेन ? ४ अब कहिले सम्म मलागिरी बासी खानेपानीको अभाब झेल्नु पर्ने हो? ५ यसको समाधानको प्रखाई कहिले सम्म ?
मलागिरी पालिका उपाध्यक्ष सरिता खड्का को आफ्नै वडा हो जुन वडामा हिमाल खड्का पुन निर्बाचित वडा अध्यक्ष समेत हुन । जुन कुरालाई सहमती गरेर टुङ्गो अर्थात समाधान गर्न स्थानीयले आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend