साझा नेटवर्क
अनिल खत्री,साउन ३० |
प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ४ मा रहेको एस बि आई बैंकमा साउन २८ गते बैंकले पालिका माथी अटेर गरेको भन्दै आन्दोलनका कार्यक्रम राखेको हो । सामाजिक सुरक्षा भत्ता अन्तर्गत सेवा लिने मानिसलाई अत्यन्तै असुबिधा भएको भन्दै सोही दिन बैंक परिसरमा धर्ना दिइएको छ ।
बैंकले आफ्नै कार्यलय बाट भत्ता बितरण गरिरहेको तर भत्ता लिने ब्यक्ति लाई असहज भएको र अब भत्ता बितरण सम्पुर्ण वडामा स्वयम कर्मचारी पुगेर भत्ता बितरण गर्न भन्दै गौमुखी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बरुणध्वज मल्लको नेतृत्वमा साउन २८ देखि आन्दोलनका कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले जुन सुकै सहयोग गर्न तयार छ तर नागरिकले पाउन पर्ने सेवा आफ्नै घर दैलो बाट पाउनु पर्छ र यो समाधान नभए सम्म आन्दोलनका कार्यक्रम नरोकिने र समाधानको बाटो अन्त्य भएको खण्डमा धर्ना कार्यक्रम रोकिने वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनु भयो ।
यता आन्दोलनमै पुगेर वडा अध्यक्ष लाई साथ दिइरहनु भएका पालिका उपाध्यक्ष महाबिर रानाले पालिका यस कुरामा सहमति सम्झौता गर्न तयार रहेको तर स्थानिय मानिसले आफ्नै ठाउँ बाट सेवा लिनको निमित्त आफू आन्दोलनमा सरिक रहेको बताउनु भयो । एस बि आई बैंक प्युठान ठुलाबेसी शाखाका प्रमुख अजय थापा सङ्ग हामिले बुझ्दा यो धर्ना कार्यक्रम राखेको उहाहरुको लागि सकारात्मक पक्ष भएको र आफुले यो कुरा अघिल्लो निकाय सम्म जानकारी गराएको बताउनु भयो । माथील्लो निकायको निर्देशन र पालिकाको समन्वय अनुसार छलफलमा बसेर समाधान गर्ने बताउनु भयो ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरि सङ्ग हामिले बुझ्दा यश बैंक बाट अहिले सम्म स्थानीय ब्यक्ति वा मानिसहरुले सामाजिक सुरक्षा भत्ता मात्र नभै पेन्सन लगाएतका सेवा हरु लिईरहेको बताउनु भयो । भौगोलिक बिकटताको कारण र अन्य समस्याको कारण स्थानीयहरुले दुख पाए पनि यसलाई सके सम्म आन्दोलन नगरी छलफल गर्दा निष्कर्ष निस्कने बताउनु भयो । आन्दोलनका कार्यक्रम अगाडी बढे र यहि कारणले बैंकनै बन्द भए स्थानीय नागरिकले पाएको सुबिधा पनि पाउन झन कष्ट हुने बताए ।
बरुणध्वज मल्लको नेतृत्वले गरेको आन्दोलन रोक्न आग्रह गर्दै यसलाइ छलफल बाटै टुङ्गाउन र नागरिकले पाउने सेवा सुबिधाको लागी जुन सुकै सहमती / सम्झौता गर्न आफू तयार रहेको बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend