साझा नेटवर्क
सहबान अन्सारी, २९ साउन । नवलपरासीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री द्वारा उद्घाटन गरिएको हो ।
नेपाल भारत सिमा नजिकै प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा निर्माण गरिएको नवनिर्मित भवनको आयोजित एक समारोह बिच उद्घाटन गरेका छन । उद्घाटन समारोहमा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले शान्ति सुरक्षा प्रवर्द्धन र नागरिकको सेवाका लागि शसस्त्र प्रहरीले काम गरिरहेको बताएका थिए । २०६५ साल पुस २९ गते प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा अवस्थित छोटी भन्सार कार्यालयको पुरानो भवनमा सिमा सुरक्षा पोस्टको स्थापना भयो।
२०७० सालमा असार ७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५० जनाको दरबन्दी सहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको नाममा स्वीकृत भई स्थाई बि.ओ.पी.को रुपमा कार्य सञ्चालन गर्दै आएपछि २०७१ साल साउन ५ गते भन्सार कार्यालयको करिब ३ सय मिटर उत्तर तर्फ करिब ४ बिगाहाको क्षेत्रफलमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको आफ्नै भौतिक संरचना निर्माण गर्ने नीति अनुरूप सशस्त्र प्रहरीबाट १ करोड र लुम्बिनी प्रदेश सरकारबाट ४० लाखको अनुदान लागतमा निर्माण सम्पन्न गरि उद्घाटन गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले बताए।
भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी स्किम, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले, प्रहरी उपरीक्षक ज्ञानेन्द्र फ्युाल, नेपाली सेना गोरखदल गण परासीका गणपति प्रमुख सेनानी प्रणय जंग मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, अनुसन्धान निर्देशक विमल घिमिरे, वडाध्यक्ष केशव प्रसाद अधिकारी लगायतहरूको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend