logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी साउन २४ । 

नवलपरासीमा प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ परेका छन । बुधवार रामग्राम नगरपालिका वडा नं.२ कालिका टोल स्थित रहेको मोहम्मद सरिफ कुरैसीको घरमा अवैध रुपमा लागु औषध खरिद तथा बिक्री बितरण गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले घरको खानतलासी लिने क्रममा दोस्रो तल्लाको पुर्व तर्फको कोठामा लागु औषध सेवन गरी लठ्ठीएको अवस्थामा सुनवल नगरपालिका वडा नं.१२ बस्ने २४ बर्षिय संदिप परियार, रुपन्देही देवदह नगरपालिका वडा नं.८ बस्ने १९ बर्षिय राजन बिक, रोहिणी गाउँपालिका वडा नं.६ बस्ने ३९ बर्षिय ईरशाद मिया र रामग्राम नगरपालिका वडा नं.२ बस्ने २६ बर्षिय मोहम्मद सरिफ कुरैसी सहित डाईजेपाम २८ एम्पुल,फेनारगन २८ एम्पुल,बुप्रिनुर्फिन २७ एम्पुल र प्रयोग हुने सिरिन्ज १ थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिबन्धित लागू औषध बरामद गरी लठ्ठिएको अवस्थामा फेला परेका ब्यक्तीहरुलाई पक्राउ गरी बिहिवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए |

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend