साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी साउन १८ ।
मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गले सामाजिक सुरक्षाभत्ता लाभग्राहिहरुको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको विवरण नविकरण गर्ने भएको छ । सामाजिकसुरक्षा भत्ता नविकरणकाे चरणमा रहेकोे र साउन १ गतेदेखि भाद्र मसन्तासम्म सामाजिक सुरक्षाभत्ता लाभग्राहिहरुले आफ्नो सहि विवरण सहित सामाजिक सुरक्षाभत्ता नविकरण गरिसक्नुपर्ने वडाले जनाएको छ ।
लाभग्राहिहरुकाे लागि सजिलो होस् भनेर सहजिकरण गर्दै वडा कार्यालय बाहेक पायक पर्ने अन्य स्थानहरु साविकको वडा नम्बर ६ अग्लुङ्गफेदिकाे लागि रघुफेदि प्रतिमाननिमा माध्यमिक बिधालय अनि साविक ७/८ काे लागि घडेरी प्रा वि र साविक ९ काे लागि ओख्लेदह अा वि मा लाभग्राहिहरुकाे नविकरणकाे लागि टोलि खटाइएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
टाेलमा पुग्दै गर्दा टाेलमा पनि उपस्थित हुन नसक्ने जेष्ठ नागरिक ,अशक्त र असाहयहरुकाे लागि घरमै पुगेर नविकरणकाे लागि सहजिकरण गर्ने पनि वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । नागरिकहरु लाई सहज रूपमा सबै सेवाहरु निर्वाध रूपमा उपलब्ध गराउन वडाले पछिल्लो पटक धेरै कदमहरु चाल्दै आएको छ ।
सबै लाभग्राहिहरुलाई सामाजिक सुरक्षाभत्ता नविकरणकाे यो कार्यमा उपस्थित भई सामाजिक सुरक्षाभत्ता सुनिश्चित गर्नुहुन पनि वडाले अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend