logo
  • शुक्रबार, असोज ९ २०८३

प्रमुख गौतमको निर्देशनमा वीरगंजमा लाइसेन्स किनबेच सुरु, शम्भु गुरुङ्गको कारण कार्यालय बदनाम हुँदै वीरगंज


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजले बिहीवार देखि लाइसेन्स (अनुमति पत्र) को किनबेच सुरु गरेको समाचार प्राप्त हुन आएको छ । बिहीवार भएको A, K, B, C, C१ र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरूले परीक्षा दिएकोमा ५७० जना पास भएका छन् । जसमध्ये १७५ जना परीक्षार्थीहरूले आफ्नो क्षमताले लेखेरै पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरूलाई रकम लिएर पास गराइएको समाचार स्रोतको कथन रहेको छ ।

मोटरसाइकलको परीक्षार्थीहरू सँग जनही १० हजार, कारको परीक्षार्थीहरु सँग १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरू सँग १३ हजारको दरले रकम लिई परीक्षा समितिले पास गराएको ती स्रोतको कथन रहेको छ । सवारी चालक अनुमति पत्र शाखा वीरगंजका ड्राइभर शम्भु गुरुङ्गले असुलीको धन्दामा विशेष भुमिका निर्वाह गर्दै गरेको कारण सो कार्यालय दिनप्रतिदिन बदनाम हुदै गएको जो कोहीले पनि सजिलै बताउन थालेका छन् ।

 चितवन जिल्ला निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई दाइ महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउँदै आफूलाई करारको ड्राइभरमा नियुक्ति लिन सफल भएका थिए । गुरुङ्ग ड्राईभरको नियुक्ती लिए पनि उनको मुख्य काम बिचौलियाको रहदै आएको घाम जस्तै छर्लङ्ग रहेको छ । उनी कार्यालयको प्रमुख हुन कि कार्यालय सहयोगी ? प्रायःलाई ठम्याउन गा¥हो हुदो रहेको सेवाग्रहीहरु नै बताउँछन् । किनभने जो सुकै कार्यालय प्रमुख आए पनि सवारी चालक अनुमति पत्रमा सेवाग्रहीहरुबाट आएको घुसको असुलीको रकम व्यवस्थापन गर्ने देखि लिएर मुख्य काम गुरुङ्गले नै गर्ने गरेको जानकारहरु बताउँछन् ।

उनले आफ्नो वर्चश्व जमाउनै निमित्त आफ्नो नातामा पर्नेहरू चितवन निवासी संदिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक, धरान जिल्ला निवासी सुमन मगर लगायतकालाई करारमा नियुक्ती दिलाई कार्यालयलाई कब्जा गरेर करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिन्छ । होईन भने, गोरखा र धरानबाट किन मान्छे ल्याउनु प¥यो ? शम्भु गुरुङ्गकै असहयोगका कारण निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी आफ्नो सरुवा आफै माग गरेर वीरगंजबाट सरुवा भएका हुन् । 

बितेको जेठ महिनामा सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं हजार परीक्षार्थीहरूलाई रकमको बलमा पास गराई करिब ५० करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ । कुन नियमनकारी निकायलाई कति र कहाँ के गर्नु पर्ने हो, सो को मुख्य भूमिका ड्राइभर शम्भु गुरुङ्ग नै गर्ने भएकोले उनको आम्दानी अथाह रहेको स्रोतको कथन छ । निवर्तमान प्रमुख रेग्मी अस्वस्थ्य हुंदा ड्राइभर गुरुङ्गले एकलौटी मनमौजी फाईदा लिई रेग्मीलाई असहयोग गरेकै कारण उनी बाध्य भएर आफ्नो सरुवा आफै मागी रवाना भएको कार्यालयमा चर्चा हुने गरेको कार्यालय स्रोतले जनाएको छ ।

 वर्तमान कार्यालय प्रमुख कमल गौतम सवारी चालक अनुमति पत्र शाखा वीरगंजको मज्जा चाखिसकेको हुनाले ड्राइभर शम्भुकै सहयोगमा गौतम पुनः वीरगंजको प्रमुख बनेर आएका छन् । सवारी चालक अनुमति पत्रको आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकमहरु नियमनकारी निकाय र कार्यालयको कर्मचारीहरुको भागमा पर्ने गरेको स्रोतले जनाएको छ । लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भूमिका रहने गरेकोले प्रहरी निरीक्षक खतिवडाले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई “तै चुप , मै चुप”को अवस्था सृजना गरेको कारण खतिवडालाई १५ प्रतिशत भाग जाने गरेको कार्यालय सम्बद्ध स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend