logo
  • मंगलबार, कार्तिक १८ २०८३

गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक (भिडियो सहित)


  • साझा नेटवर्क
  • मंगलबार, कार्तिक १८ २०८३

देवेन्द्र केसी, नयाँ दिल्ली साउन ११ ।
बिशाल मुभिज प्रालि अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक भएको छ । चर्चित गायक गायिकाहरु ईन्द्र जिसी, बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बिशी, बिमला गैरे, कृष्ण गैरे, ईब्सल सञ्ज्यालको स्वरमा रहेको गीतको लय तथा शब्द संकलन हुम गैरेले गरेका हुन् ।

राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे, धिरज खत्री, रमा ठकुरी, रुपा केसी, सुमन सिंह ठकुरी, निरु सिंह ठकुरी, पार्वती भट्टराई, मोहन दाहाल, कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।

गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रीगार गरेकी हुन् । गित बिशाल फिल्मस् युट्युब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend