साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार साउन ८ ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दाङ देउखुरी सेवा समाज दोहा कतारले आयोजना गर्न लागेको “तिज विशेष साँस्कृतिक कार्यक्रम”मा लोकप्रिय गायिका रिता के.सी. कतार आउने भएकी छिन । समाजले गृह जिल्लामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष सहयोगार्थ सोहि कार्यक्रम आयोजना गर्न लागेको हो ।
आगामी ६ सेप्टेम्बर २०२४ का दिन तिजको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा के.सी. सँगै इन्दिरा शाह, गुना मगर, रेस्मी सेन्चुरी, शान्ति ओली, जिया हमाल, सृस्टी लामा, सजना स्वर्णकार लगायतका कलाकारहरुको प्रस्तुती रहने समाजकी महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक मनिषा खड्काले बताइन ।
कतारमा स्थापित वैचारिक तथा सामाजिक संघ-संस्थाले सोहि दिनमा कुनैपनि कार्यक्रम नजुधाइ दिन संस्थाका अध्यक्ष रण बहादुर केसिले आग्रह गरेका छ्न । त्यस्तै कार्यक्रम कतारको सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा आयोजना गरिएको महासचिव चिन्तामणि भुसालले साझा नेटवर्कलाई जानकारी दिए ।
सन २०१२मा स्थापना भएको संस्थाले विगत चार वर्षदेखी जिल्लामा एम्बुलेन्स सेवा संचालन गर्दै आएको र स्थापनाकालदेखि कतारमा स्थापित संघ-संस्थासंग हातेमालो गर्दै थुप्रै समाजिक काम गर्दै आइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend