logo
  • शुक्रबार, असोज ९ २०८३

पानी जहाजमा सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै गल्याङ नगर समाज युएई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गल्याङ नगर समाज युएई दुबईमा अत्यन्तै रुचाइएको संस्था मध्य  एक लोकप्रिय् संस्था हो यो संस्थाले गल्याङ नगरपालिका भित्र नभै विभिन्न ठाउँमा दुखी पीडित लाई आपत बिपत्त परेको बेला सहयोग गर्दै आएको संस्था भएको हुँदा नि बढी जनताको रोजाइ मा परेको संस्था मध्यको एक संस्था हो ।

गल्याङ नगर समाज ले प्रवासमा रहेर पनि बेला मौकामा अन्य संस्थाले भन्दा केहि छुट्टै कार्ययोजनाहरु तयार गर्ने गर्दछ र कार्यक्रम हरु पनि अलि फरक तरिकाले गर्ने गर्दछ ।  यसपटक पनि गल्याङ नगर समाज युएई ले नेपाली महिला हरुको महान पर्व हरितालिका तीज तथा कृष्ण जन्म अष्टमी को पावन अवसर पारी स्थानीय कलाकारहरु सहित को सांस्कृतिक तथा दर खाने कार्यक्रम क्रुज पानी जहाज मा आयोजना गरेको छ ।

सोही कार्यक्रम मा दुबईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु पनि अलि फरक किसिम को कार्यक्रम भएको हुँदा कार्यक्रम मा जानुपर्छ है भनेर चासो उतिकै देखाउनु भएको हुँदा सबैजना उपस्थित भएर कार्यक्रम लाई भब्य र सब्य सँग सफल पार्न मद्दत गर्नुहुन्छ भन्ने  बिश्वास रहेको न्यौपाने ने बताए ।

अन्य विभिन्न संघ संस्था का अग्रज ब्यक्तित्वहरु लाई पत्र मार्फत निमन्त्रणा पठाउने काम जारी रहेकोे र विभिन्न संघ संस्थाहरुले  गल्याङ नगर समाज प्रति अत्यन्तै सकारात्मक सल्लाह सुझाव दिनुभएको र कार्यक्रम लाई सफल पार्न सदैव साथमा रहेकोे भनी हौसला दिदै आउनु भएको र आफू हरु सदैव गल्याङको साथमा रहेको प्रतिबद्धता जनाइरहनु भएको छ ।

आशा छ सबैजना कार्यक्रम मा पक्कै उपस्थित भएर कार्यक्रम लाई सफल पार्नुहुनेछ भन्नेमा हामी सिङ्गो गल्याङ नगर समाज को टिम ढुक्क छौं भनि हामीलाई गल्याङ नगर समाज युएई का महासचिव नवीन न्यौपानेले जानकारी दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend