logo
  • शुक्रबार, असोज ९ २०८३

कपिलवस्तुको बहादुरगंजमा वृक्षरोपण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

प्रिन्स मिश्रा कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बहादुरगंजमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले कपिलवस्तु कमिटीले पुष्पलाल स्मृति दिवसको अवसरमा एक कार्यक्रम गरि कृष्णनगर नगरपालिकाको बहादुरगंजमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले कपिलवस्तु कमिटीको अध्यक्ष बाबूराम खनालको अध्यक्षता र केंद्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेको प्रमुख अतिथता र प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व बन तथा बताबारण मन्त्री अर्जुन कुमार केसी नेकपा एमाले कृष्णनगर कमिटीका इंचार्ज शिव प्रसाद जयसवाल र केंद्रीय नेता सुशील श्रीवास्तवको विशिष्ट अतिथतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरधारी लालले विरुवाबाट स्थानीय बासिहरुलाई फाईदा हुने बताउदै यसले सुद्धफलफुल खान समेत मिल्ने र मानव जिवनलाई अतिनै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई नै चिनिन्छ । नेकपा एमाले कृष्णनगर कमिटीका इंचार्ज शिव प्रसाद जयसवालले वृक्षरोपण गरिएको विरुवालाई आफु र स्थानीय बासिहरु मिलि संरक्षण गर्ने बताए ।

कार्यक्रममा स्थानीय अगुवा नेता महेश जयसवाल, ब्यापार संग कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, बृजेश कुमार गुप्ता, पूर्व जिल्ला अध्यक्ष छबि लाल पोखरेल,जगदीश प्रसाद गुप्ता,शारदा शर्मा, बिजय गुप्ता, मनोज कुमार जयसवाल, खुम प्रसाद आचार्य, बिजयनगर गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी,अटल यादव,सुशीला दरलामी,शंकर पाण्डेय, सीबि गहतराज लगायत नेताहरु र स्थानीय बासीको उपस्तिथिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend