logo
  • शुक्रबार, असोज ९ २०८३

२११औं भानु जयन्ती वामीटक्सारमा मनाइयो, हाम्रो पुस्तकालय १ वर्ष पुग्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ्ग असार ३० ।
२११ औं भानुजयन्तीको अवसरमा मुसिकोट नगरपालिकाको आयोजना तथा हाम्रो पुस्तकालय वामीटक्सारको सहआयोजनामा साहित्य सिर्जना वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर जिवन खरेलले भाषा साहित्यको क्षेत्रमा नगरपालिका लगानी गर्न तयार रहेको भन्दै हाम्रो पुस्तकालयलाई विराट पुस्तकालयको रुपमा विकास गर्ने योजना रहेको बताउनु भएको थियो।

कार्यक्रममा नेकपा एमाले मुसिकोटका अध्यक्ष प्रकाश काफ्ले, नेपाली काग्रेस मुसिकोटका सभापति झविलाल भण्डारी, युनिक खवर डटकमका प्रधान सम्पादक रामकृष्ण कँडेल, लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा श्रष्टाहरु लोकनाथ सापकोटा, कमल पौडेल र टेक राहडिले आआफ्नो सिर्जना बाचन गर्नुभएको थियो।

कार्यक्रम हाम्रो पुस्तकालयका अध्यक्ष रामचन्द्र श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तव्य तथा सरोजराज बौद्धचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। यसैविच हाम्रो पुस्तकालय १ वर्ष पुरा भएको छ।

पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले गतवर्ष स्थापना भएको पुस्तकालयले भाषा तथा साहित्य विकासमा योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend