साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु, १२ असार ।कपिलवस्तु कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरूको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका प्रेम नगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए । शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend