logo
  • शुक्रबार, असोज ९ २०८३

अन्तरास्ट्रिय अवार्डबाट बाराका चर्चित पत्रकार दुबे सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया,बारा जेष्ठ २० ।

सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको छ । काठमान्डौको ठिमी ब्यान्कटमा सार्क जरनलिस्ट फोरमले आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।

बाराबाट प्रकाशित शुभ आरम्भ रास्ट्रीय दैनिकका कार्यकारी सम्पादक,पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जरनलिस्ट फोरमले कदर गर्दै अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका उमेश दुबेलाइ सार्क जरनलिस्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend