logo
  • शुक्रबार, असोज ९ २०८३

गल्कोटको रिघामा ५ दिने उद्घोषण तथा संस्थागत विकास तालिम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ्ग जेठ ८ ।
गल्कोट नगरपालिका वडा नं. ११ को आयोजना तथा टोल विकास समन्वय समिति रिघाको व्यवस्थापनमा ५ दिने आधारभूत उद्घोषण तथा संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ। वडा सभाहल रिघामा भएको तालिममा रिघामा क्रियाशिल सामाजिक संघसंस्थाका प्रतिनिधि तथा युवाहरुको सहभागिता रहेको थियो ।
समापान कार्यक्रममा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले भौतिक विकास संगै मानव संसाधन विकास पनि महत्वपूर्ण भएकोले सो को लागि वडा क्रियाशिल रहेको बताउनु भएको थियो । व्यक्तित्व विकास, नेतृत्व विकास, उद्घोषण लगाएतका तालिमहरु निरन्तर चलिरहने भन्दै वडावासीको सक्रिय सहभागिता रहिरहनुपर्ने बताउनुभएको छ।

कार्यक्रममा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाका प्रधानाध्यापक तुल बहादुर श्रीस, वडा सचिव देव वहादुर विश्वकर्मा, प्रशिक्षक एवं रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, नेकपा एमालेका तेजेन्द्र श्रीस, नेकपा माओवादी केन्द्रका भक्त श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरु तृप्ती श्रीस र साजन वस्यालले अनुभव सुनाउनुभएको थियो भने प्रशिक्षार्थी रुपा श्रीसले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम टोल विकास समन्वय समिति रिघाका संयोजक तिल बहादुर श्रीसको अध्यक्षता प्रशिक्षार्थी मिना श्रीसको स्वागत मन्तव्य तथा प्रशिक्षार्थी चन्द्रा रामजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने रेडियो सारथीका स्टेसन म्यानेजर कमल पौडेल, रेडियो गल्कोटका थम्मन थापा र वडा सचिव देव विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend