logo
  • शनिबार, साउन ३० २०८३

दाङ देउखुरी सेवा समाज कतारले “तिज विशेष कार्यक्रम” आयोजना गर्दै

कार्यक्रममा चर्चित लोकदोहोरी गायिका रिता केसी आउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, कतार जेठ ६ ।
दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गृह जिल्लामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापनार्थ “तिज विशेष साँस्कृतिक कार्यक्रम” आयोजना गर्ने भएको छ ।

समाजले आगामी ६ सेप्टेम्बर २०२४ का दिन तिजको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायिका रिता केसी कतार आउने भएकी छिन । साथै कार्यक्रममा कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।

कतारमा स्थापित वैचारिक तथा सामाजिक संघ संस्थाले सोहि दिन कुनैपनि कार्यक्रम नजुधाइ दिन संस्थाका अध्यक्ष रण बहादुर केसिले आग्रह गर्दै सूचना जारी गरेको बताएका छ्न । त्यस्तै महासचिव चिन्तामणि भुसालले कार्यक्रमको स्थान लगायतका विविध कुराहरुको बारेमा केहि दिनमै जानकारी दिने साझा नेटवर्क सँगको संक्षिप्त कुराकानीका क्रममा बताए ।

सन २०१२मा स्थापना भएको संस्थाले विगत चार वर्षदेखी जिल्लामा एम्बुलेन्स सेवा संचालन गर्दै आएको र स्थापनाकालदेखि कतारमा स्थापित संघ-संस्थासंग हातेमालो गर्दै थुप्रै समाजिक काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend