साझा नेटवर्क
देवेन्द्र केसी, नयाँ दिल्ली जेठ ६ ।
भारतको राजधानी दिल्लीमा २०७१ सालमा स्थापना भएको गैर राजनितिक तथा गैर नाफामुलक संस्था गुल्मी-भुर्तुङ्ग सम्पर्क समाज (भारत)को चौथो अधिवेसन तथा घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देबेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हेल्प फोर नेपाल संघ दिल्लीका अध्यक्ष गोकर्ण राज बस्नेत, अतिथिको रुपमा सामाजिक अभियन्ता नरहरि घिमिरे र गुल्मी सम्पर्क समाजकी महिला नेतृ हुमकला खड्का हुनुन्थ्यो।
महासचिव मुकुन्द पौडेलको सञ्चालनमा भएको भेलाले डोलराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । उपाध्यक्ष द्वय मुकुन्द पौडेल र कृष्ण प्रसाद पौडेल रहेको कार्य समितिमा महासचिव टिका कणेल चयन भएका छन ।
कार्यसमितिमा कोषाध्यक्ष गोपी राम पौडेल, सचिव, विदेश तथा स्वास्थ्य सचिव जिवन पौडेल, सह-सचिव तथा महिला सङ्गठन सचिव लिला भारती, सह-कोषाध्यक्ष तथा व्यवस्थापन सचिव प्रदिप खत्री, स्वास्थ्य तथा खेलकुद सचिव थम्मन सुबेदी, रजिष्ट्रार तथा सङ्गठन सचिव कमल पौडेल, सांस्कृतिक सचिव सरिता पुरी, अल्पसङ्ख्यक मामिला सचिव किशन खड्का, जापान संयोजक सुरेश पौडेल तथा सदस्यहरुमा शशी गिरी र किशन कार्की चयन भएका छन ।
दिवाभोज सहितको कार्यक्रममा नाचगान र गोपी राम पौडेलको नेतृत्वमा शिद्ध कालिका भजन मण्डलीको भजन प्रस्तुत गरिएको थियो । संस्था संरक्षक तथा संस्थापक अध्यक्ष टिका बहादुर कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष देबेन्द्र केसीलाई उच्च सम्मान मोमेन्टो तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend